काठमाडौं । मञ्जुश्री फइनान्स लिमिटेडले संस्थापक समूह अन्र्तगतको १२,५८७ कित्ता सेयर बिक्री गर्ने भएको छ । संस्थाले जारी गरेको सूचना अनुसार उक्त संस्थापक सेयरको प्रति कित्ता न्यूनतम मूल्य ३०० रुपैयाँ मात्र तोकिएको छ । संस्थापक सेयर बोलकबोलको माध्यमबाट न्यूनतम १०० कित्ता र अधिकतम सेयर संख्याको लागि कुनै हद नलाग्ने जनाइएको छ । साथै संस्थापक सेयर खरिदका लागि योग्य इच्छुक विद्यमान संस्थापकहरु वा जो कोही व्यक्ति, कम्पनी, संघ, संस्थाहरुले मिति २०७८ साउन १४ गते देखि भदौं ८ गते सम्ममा बिक्री प्र