भारतको गुजरात र महाराष्ट्रसमेत ७ राज्यमा अरब सागरमा बनिरहेको चक्रवात ‘ताऊ ते’ को खतरा देखिएको छ । कर्नाटकको ६ जिल्लामा यसको नकारात्मक असर परेको छ । यी जिल्लाका ७३ गाउँ यो आँधीबाट प्रभावित भएका छन् । राज्यमा हालसम्म चारजनाको मृत्यु भइसकेको छ । यी ६ जिल्लामध्ये ३ समुद्री सीमासँग जोडिएका छन् । सबैमा पछिल्लो २४ घण्टादेखि भारी वर्षा भइरहेको छ । यहाँ ९० किलोमिटर प्रतिघण्टाको गतीमा हावा चलिरहेको छ ।आँधीका कारण गोवाका थुप्रै जिल्लामा बिजुली आपूर्ति ठप्प भएको छ । यस्तै, केरलको थुप्रै जिल्लामा