भारतमा टाउटे आँधीका कारण हराएका ७५ जनाको खोजी

सीएनएन। भारतमा आएको टाउटे सामुद्रिक आँधीका कारण हराएका ७५ जनाको खोजीमा भारतीय जलसेना र हवाइ सेना परिचालन गरिएको छ। पश्चिमी तटीय क्षेत्रको सबैभन्दा ठूलो आँधीले महाराष्ट्र, केरला, कर्नाटक, गुजरात र गोवा राज्यमा कम्तीमा ४० जनाले ज्यान गुमाएका छन्। अरबी समुद्रबाट सुरु भएको उक्त सामुद्रिक आँधी मुम्बई हुँदै गुजरातसम्म पुग्दा भारी वर्षा र बाढीपहिरो भएको छ।