डेढ महिनासम्म निरन्तर छलफल गरेपनि सत्ता गठबन्धन दलले सिट बाँडफाँटमा सहमति जुटाउन सकेका छैनन् । गठबन्धनमा रहेका पाँच दलबीच मंसिर ४ मा हुने निर्वाचनमा तालमेलमात्रै होइन, प्रतिनिधिसभाका १६५ र प्रदेशसभाका ३३० वटै सिटमा गठबन्धनबाटै उम्मेदवारी दिने समझदारी छ । तर, कुन सिटमा कुन दलले उम्मेदवारी दिने भन्ने अन्योल अझै टुंगिएको छैन ।