कास्की प्रहरीले एक किलो आठ ग्राम अवैध सुनसहित पोखराबाट एकजनालाई पक्राउ गरेको जनाएको छ । पक्राउ पर्नेमा पोखरा महानगरपालिका वडा नंम्बर १५ रामबजार बस्ने २५ वर्षका रमेश सुनार रहेका छन्...
भारतीय गिरोहले सुडानी नागरिकलाई प्रयोग गरी नेपालबाट सुन तस्करी गर्न थालेका छन् । गत साता १९ किलो सुनसहित पक्राउ परेका सुडानी नागरिकमाथि अनुसन्धान गर्ने क्रममा दुबईबाट नेपाल हुँदै उनीहरूले भारतमा सुन...
काठमाडौं, २३ कात्तिक । भन्सार छलि अवैध रूपमा लैजान लागेको सुन सहित एक युवक पक्राउ परेका छन् । काठमाडौं महानगरपालिका–९ स्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आगमन टनेल गेटबाट अवैध रूपमा लुकाई छिपाई भन्सार छलि लैजान लागेको अन्दाजी ६५ ग्राम तौलको सुन जस्तो देखिने पहेंलो धातुको बेरूवा औंठी ३ थान सहित काभ्रेपलाञ्चोक मण्डनदेउपुर नगरपालिका–४ घर भएका ३१ […]
झापा : झापाको काँकडभिट्टामा ३० तोला सुनसहित एक युवक पक्राउ परेका छन्। सुनसहित पक्राउ पर्नेमा कैलाली जिल्ला जानकी गाउँपालिका-५ घर भई हाल झापाको दमक नगरपालिका २ निवासी ३३ वर्षीय धिरेन्द्रप्रसाद जैसी रहेको प्रहरी कार्यालय झापाका डिएसपी वसन्त पाठकले जानकारी दिए।मेचीनगर-६ काँकडभिट्टा स्थित मेची पुलनजिकै लागुऔषध ब्युरो र इलाका प्रहरी कार्यालय काँकडभिट्टाको टोलीले विशेष सूचनाको आधारमा जैसीलाई सुनसहित पक्राउ गरेको हो। भारतबाट नेपालतर्फ आइरहेका जैसीमाथि शंका लागेर प्रहरीले खोजतलास गर्दा उनले लगाएको
काठमाडौं : पछिल्लो समय त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा सुनसहित पक्राउ पर्ने घटना बढ्दै गएका छन्। मध्यफागुनमा मात्र प्रहरीले करिब ३ किलोग्राम सुन बरामद गरेको छ। यति सुनको मूल्य अहिलेको बजारअनुसार करिब २ करोड १ लाख ८९ हजार रूपैयाँ हुन्छ।विमानस्थलमा सरकारले जाँचमा कडाई गरेपछि सुनसहित पक्राउ पर्नेको संख्या बढेको हो। वैदेशिक रोजगारीबाट आउने व्यक्तिले गरगहनाका रूपमा ५० ग्रामसम्म सुन ल्याउन पाउँछन्। तर, अनेकौं तरिकाले अवैध तवरबाट सुन भित्रिने गरेको छ। अहिले अ
वैदेशिक रोजगारीबाट फर्किएका २२ जना डेढ केजी सुनसहित पक्राउ
विमानस्थलबाट सुन तस्करी गर्नेहरूले विशेष प्रकृतिको ‘अन्डरवेयर’को प्रयोग गर्न थालेका छन् । ‘वाक थ्रु गेट’ले पत्ता नलगाउने ठाउँमा सुन लुकाउन मिल्ने अन्डरवेयर प्रयोग हुन...
प्रहरीले एक किलो आठ ग्राम अवैध सुनसहित एकजनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय, कास्की तथा वडा प्रहरी कार्यालय गगनगौडाबाट खटिएको संयुक्त प्रहरी टोलीले पोखरा महानगरपालिका–३० पावरहाउसमा जाँचका क्रममा रमेश सुनारलाई उक्त परिमाणको सुनसहित पक्राउ गरेको हो । काठमाडौँबाट पोखरातर्फ आउँदै गरेको माइक्रो बसमा सवार पोखरा–१५ रामबजारका २५ वर्षीय रमेशलाई चारपाटे बिस्कुट आकारको एक केजी आठ ग्राम सुनसहित पक्राउ गरिएको कास्की प्रहरीका प्रवक्ता प्रनाउ सुन्दर तिवारीले जानकारी दिए । निजक
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट आधा किलो सुनसहित २ जना पक्राउ परेका छन्। वैदेशिक रोजगारीमा गएर फर्किने नेपालीलाई प्रयोग गरी सुन तस्करी गर्ने २ जनालाई पक्राउ गरिएको प्रहरीको विमानस्थल सुरक्षा कार्यालयले जानकारी दिएको छ।
अवैध आठ किलो सुनसहित पक्राउ परेका दुई जनालाई प्रहरीले आइतबार सार्वजनिक गरेको छ । चीनको केरुङ हुँदै रसुवागढी नाकाबाट काठमाडौ लैजान लागेको सुनसहित पक्राउ परेका दिपक घले र फुर्बु तामाङलाई आइतबार पत्रकार सम्मेलन गरी प्रहरीले सार्वजनिक गरेको हो ।