पोखराबाट अवैध सुनसहित पक्राउ

प्रहरीले एक किलो आठ ग्राम अवैध सुनसहित एकजनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय, कास्की तथा वडा प्रहरी कार्यालय गगनगौडाबाट खटिएको संयुक्त प्रहरी टोलीले पोखरा महानगरपालिका–३० पावरहाउसमा जाँचका क्रममा रमेश सुनारलाई उक्त परिमाणको सुनसहित पक्राउ गरेको हो । काठमाडौँबाट पोखरातर्फ आउँदै गरेको माइक्रो बसमा सवार पोखरा–१५ रामबजारका २५ वर्षीय रमेशलाई चारपाटे बिस्कुट आकारको एक केजी आठ ग्राम सुनसहित पक्राउ गरिएको कास्की प्रहरीका प्रवक्ता प्रनाउ सुन्दर तिवारीले जानकारी दिए । निजक

सम्बन्धित सामग्री

सुन तस्करीका आरोपी ३ लाई म्याद थपी अनुसन्धान अघि बढाईंदै

चारकिलो अवैध सुनसहित पक्राउ परेका दोलखाका ३ जनालाई प्रहरीले अदालतबाट म्याद थप गरी अनुसन्धान अघि बढाएको छ । दोलखाको विगु गाउँपालिका–३ जामुनेबाट प्रहरीले चीनबाट अवैध रुपमा ल्याएको ४ किलो सुनसहित३ जनालाई पक्राउ गरेको थियो  ।

त्रिभुवन विमानस्थलबाट १९ किलो सुनसहित सुडानी नागरिक पक्राउ

फ्लाइ दुबईबाट नेपाल आएका सुडानी नागरीक १९ किलो अवैध सुनसहित पक्राउ परेका छन।

४ किलो सुनसहित २ जना पक्राउ, श्री एयरलाइन्सको जहाजमा पुगेका थिए नेपालगन्ज

प्रहरीले अवैध सुनसहित बाँकेको नेपालगन्जबाट दुई जनालाई पक्राउ गरेको छ । श्री एयरलाइन्सको फ्लाइट नम्बर एसएचए ४३३ को जहाजबाट शुक्रबार नेपालगन्ज पुगेका झापाको खादुनावारी–६ का अमिर लगुन विश्वकर्मा र  मोरङको लेटाङका बुद्धिमान खातीलाई प्रहरीले ४ किलो २१.४९ ग्राम अवैध सुनसहित पक्राउ गरेको हो। प्रहरीका अनुसार प्लेनबाट उनीहरु शुक्रबार दिउँसो २ बजेको समयमा नेपालगन्ज पुगेका थिए । उनीहरुलाई ३ बजे विमास्थलको आगमन कक्ष बाहिर संकास्पद रुपमा रहेको अवस्थामा प्रहरी टोलीले फेला पारेर खानतलासी गर्दा

विमानस्थलबाट ८ किलो सुनसहित २ चिनियाँ नागरिक समातिए

काठमाडौंः हङकङबाट नेपाल एयरलाइन्सको विमान हुँदै नेपाल आएका दुई चिनियाँ नागरिक ८ किलो अवैध सुनसहित पक्राउ परेका छन् ।  बिहीबार राति ११ बजे राहदानी वाहक दुई चिनियाँ नागरिकलाई ४–४ किलो सुनसहित त्रिभुवन ...

सरकारको कडाइपछि तस्करले अपनाए सुन ल्याउने यस्तो तरिका

काठमाडौं । भारतको राजस्थान घर बताउने चार भारतीय नागरिकलाई प्रहरीले शुक्रबार झन्डै ६ किलो अवैध सुनसहित पक्राउ गर्यो । थाइल्याण्डबाट आएका भारतीय नागरिक बबिता गर्ग, सरिता जैन, जपिन जैत र सुनीतालाई भन्सार र ...

बालाजु बाइपासबाट १० किलोभन्दा बढी अवैध सुनसहित एकजना पक्राउ

रसुवाको केरुङ नाका हुँदै काठमाडौं भित्र्याउँदै गरिएको ठूलो परिमाणमा अवैध सुन बरामद भएको छ । काठमाडौं प्रहरी परिसरले बालाजु बाइपासबाट सिन्धुपाल्चोक घर बताउने फूलसिंह तामाङ अवैध सुनसहित पक्राउ गरेको हो । उनले मोटरसाइकलको साइलेन्सरभित्र लुकाएर अवैध सुन काठमाडौं भित्र्याउँदै थिए । प्रहरीले उनले ल्याएको सुन १० किलोभन्दा बढी रहेको अनुमान गरेको छ ।