प्रधानमन्त्री पुष्पकमल दाहालले मन्त्रालय खाली गराउन नसक्दा जनमत पार्टीको सत्तारोहण धकेलिएको छ । करिब साताअघि प्रधानमन्त्री निवासमा भएको गठबन्धन दलको बैठकमा जनमतलाई सरकारमा फर्काउने सहमति भएको थियो । प्रधानमन्त्री दाहाल बुधबार पत्नी शोकमा परेपछि जनमतको सत्ता यात्रा थप टाढिएको छ ।