जिल्ला प्रशासन कार्यालय बैतडी कार्य सम्पादनकाे आधारमा उत्कृष्ट १०औं स्थानमा

बैतडी । जिल्ला प्रशासन कार्यालय बैतडी कार्यसम्पादन मूल्याङ्कनका आधारमा देशभरीमै उत्कृष्ट १०औं नम्बर भित्र पर्न सफल भएकाे छ । गृह मन्त्रालय र प्रमुख जिल्ला अधिकारीहरूबीच आर्थिक वर्ष ०७८/०७९ का लागि भएको कार्यसम्पादन सम्झौता कार्यान्वयनको अवस्था मूल्याङ्कन समितिले सार्वजनिक गरेको हो । जस अनुसार बैतडी १० औं नम्बरमा पर्न सफल भएको हो । दुई वर्ष अगाडि […]

सम्बन्धित सामग्री

बैतडीको प्रशासन कार्यालय लगातार दोस्रोपटक उत्कृष्ट

बैतडी : कार्यसम्पादन मूल्याङ्कनमा जिल्ला प्रशासन कार्यालय बैतडी देशभरीकै उत्कृष्ट भएको छ। नेपाल सरकार गृह मन्त्रालयले तयार गरेको कार्यसम्पादन सम्झौता मूल्याङ्कनका सूचांकहरुको आधारमा देशका ७७ जिल्लामध्ये  ९४ दशमलव ५६ अंकसहित  जिल्ला प्रशासन कार्यालय बैतडी उत्कृष्ट  १० भित्र परेको हो।बैतडी लगातार दोस्रोपटक उत्कृष्ट १० भित्र परेको प्रमुख जिल्ला अधिकारी सुरेश पन्थीले जानकारी दिए। यसअघि गत वर्ष पनि बैतडी उत्कृष्ट १० भित्र अटाएको थियो।गृह मन्त्रालयको नीति, योजना, अनुगमन तथा मूल्याङ्कन म

शहीद तथा बेपत्ता परिवारलाई सम्मान

बैतडी : जिल्लाको पाटन नगरपालिकाले शहीद तथा बेपत्ता भएका व्यक्तिका परिवारलाई सम्मान गरेको छ। विभिन्न राजनीतिक परिवर्तनका क्रममा शहीद तथा बेपत्ता व्यक्तिका परिवारका सदस्यलाई सम्मान गरिएको पाटन नगरपालिकाका प्रमुख गौरीसिंह रावलले जानकारी दिए।जिल्ला प्रशासन कार्यालय बैतडी र बेपत्ता छानबिन आयोगबाट प्राप्त नामावलीका आधारमा सम्मान गरिएको हो। बेपत्ता छानबिन आयोग र जिल्ला प्रशासन कार्यालय बैतडीबाट प्राप्त नामावली आएका १५ शहीद तथा बेपत्ता पारिएका परिवारका सदस्यहरूलाई दोसल्ला प्रमाणपत्र र नगद ५ हजारसहित सम्

दशैँको मुखमा दोब्बर भाडा

जिल्ला प्रशासन कार्यालय बैतडी र यातायात व्यवसायीको बैठकले जिल्लाभित्र चल्ने सवारीसाधनको भाडादर निर्धारण गरेको भए पनि पाटन–पञ्चेश्वर सडकमा चल्ने सवारीसाधनले दोब्बर भाडा असुल्ने गरेको यात्रुले गुनासो गरेका छन्। बैतडीको पाटन–पञ्चेश्वर सडक खण्डको मेलौलीसम्म २५० रुपियाँ भाडा कायम गरिएको भए पनि जिप चालकले पाँच सय रुपियाँ असुल गर्ने गरेका यात्रुले गुनासो गरेका हुन्। जिपले व्यवसायीले टिकटसमेत नदिने गरेको सर्वसाधारणको गुनासो छ।

कार्यसम्पादन मूल्यांकनमा बैतडी प्रशासन कार्यालय दशौँ

बैतडी : जिल्ला प्रशासन कार्यालय बैतडी कार्यसम्पादन मूल्यंकनका आधारमा देशभरमै उत्कृष्ट १० भित्र परेको छ।गृह मन्त्रालयले सार्वजनिक गरेको देशभरका जिल्ला प्रशासन कार्यालयको कार्यसम्पादन मूल्यांकन हेर्दा बैतडी १० औँ नम्बरमा परेको हो। गृह मन्त्रालय र प्रमुख जिल्ला अधिकारीहरूबीच आर्थिक वर्ष ०७८\७९ का लागि भएको कार्यसम्पादन सम्झौताको कार्यान्वयनको अवस्था मूल्यांकन समितिले सार्वजनिक गरेको मूल्यांकन प्रतिवेदनअनुसार बैतडी १० औँ नम्बरमा परेको हो।जिल्ला प्रशासन कार्यालय पहिलोपटक उत्कृष्ट १० भित्र प

जिल्ला प्रशासन कार्यालय परिसरमै जातीय विभेद छ

जिल्ला प्रशासन कार्यालय बैतडी परिसरमै जातीय विभेद हुने गरेको सरोकारवालाको गुनासो छ । प्रशासन कार्यालयमा सोमबार आयोजित अन्तरक्रियाका सहभागीहरूले यस्तो विभेद हट्नु पर्ने जोड दिए ।  ५७औँ अन्तराष्ट्रिय जातिय विभेद उन्मूलन दिवसको अवसरमा आयोजित कार्यक्रममा महिला शक्ति केन्द्र बैतडीकी अध्यक्ष देवु ठगुन्नाले भनिन्,‘जिल्लाको सबै स्थानमा जातिय विभेद कायमै छ । अन्यत्रका कुरा छोडौँ, जिल्ला प्रशासन कार्यालय अगाडिकै एक होटलमा दलितहरूलाई प्रवेश निषेध छ । जिल्लाका कुनै पनि ठाउँमा दलितले होटल सञ्

कार्यतालिका बनाएर स्थानीय तहअनुसार सेवा

कोरोना भाइरसको जोखिम बढ्दै गएपछि जिल्ला प्रशासन कार्यालय बैतडी र दार्चुलाले स्थानीय तहअनुसार सेवा प्रदान गर्न थालेको छ। जिल्ला स्तरीय कोभिड कमान्ड पोष्टको बैठकले गरेको निर्णय अनुसार स्थानीय तहअनुसार सेवा उपलब्ध गराउन थालिएको बैतडीका सहायक प्रमुख जिल्ला अधिकारी लोकेन्द्रसिंह नेगीले जानकारी दिए।