३ स्थानीय तहका निर्वाचन अधिकृत फेरिए

१८ वैशाख, काठमाडौं । तीन स्थानीय तहका निर्वाचन अधिकृत फेरिएका छन् । महोत्तरीको साम्सी गाउँपालिका, बाजुराको बुढीगंगा गाउँपालिका र रौतहटको मौलापुर गाउँपालिकाका निर्वाचन अधिकृत फेरिएका निर्वाचन आयोगले जनाएको छ । साम्सीका निर्वाचन अधिकृत दिलिपकुमार प्रधान र बुढीगंगाका निर्वाचन अधिकृत निरञ्जन स्थापितलाई जिम्मेवारी पूरा नगरेको आरोपमा आयोगले कारबाहीको सिफारिससमेत गरेको छ । बुढीगंगाका निर्वाचन अधिकृत स्थापित […]

सम्बन्धित सामग्री

स्थानीय तह स्वायत्त हुन सकेन : मुख्य निर्वाचन अधिकृत

हेटौँडा– मुख्य निर्वाचन अधिकृतको कार्यालय हेटौँडाका मुख्य निर्वाचन अधिकृत डिल्लीरत्न श्रेष्ठले स्थानीय तहको निर्वाचन स्वायत्त हुन नसकेको बताएका छन् ।  सञ्चारिका समूह मकवानपुरले आइतबार आयोजना गरेको पत्रकार महिलालाई अभिमुखीकरणमा श्रेष्ठले अझै पनि स्थानीय तहको निर्वाचनमा केन्द्रको भर पर्नु परेको बताए । स्थानीय तह आफैँमा एउटा सरकार भएकाले स्थानीय तह आफैँले निर्वाचन गराउनु पर्नेमा अहिले पनि […]

किन हटाइए भरतपुर महानगरका मुख्य निर्वाचन अधिकृत ?

काठमाडौं । निर्वाचन आयोगले भरतपुर महानगरपालिकाका मुख्य निर्वाचन अधिकृत हेरफेर गरेको छ । स्थानीय तह निर्वाचन आउन ३१ दिन बाँकी रहेका बेला आयोगले मुख्य निर्वाचन अधिकृत जिल्ला न्यायाधीश हेमन्त रावललाई हटाएको हो । उनको ठाउँमा अर्का न्यायाधीश प्रकाशकुमार अधिकारीलाई मुख्य निर्वाचन अधिकृत तोकिएको हो । आयोगले यसअघि ७१ जना मुख्य निर्वाचन अधिकृत हेरफेर गरेको थियो […] The post किन हटाइए भरतपुर महानगरका मुख्य निर्वाचन अधिकृत ? appeared first on राजधानी राष्ट्रिय दैनिक.

‘कमाउ अड्डा’ मा रहेकाद्वारा निर्वाचन अधिकृत बन्न अस्वीकार

काठमाडौं । विभिन्न कमाउ अड्डामा रहेका उपसचिवस्तरका कर्मचारी निर्वाचन अधिकृत भएर जान अस्वीकार गरेका छन् । निर्वाचन आयोगले सरकारसँगकै समन्वयमा स्थानीय तहको निर्वाचन सम्पन्न गर्न सबै स्थानीय तह र जिल्लामा प्रमुख निर्वाचन अधिकृत र अधिकृत निर्धारण गरी सूचनासमेत जारी गरिसकेको छ । ७७ जिल्लामा प्रमुख निर्वाचन अधिकृतको रूपमा न्यायाधीशलाई जिम्मेवारी दिइएको छ भने ६ सय […]

कमाउ अड्डाका कर्मचारी निर्वाचन अधिकृत भएर जान मानेनन्

विभिन्न कमाउ अड्डामा रहेका उपसचिवस्तरका कर्मचारी निर्वाचन अधिकृत भएर जान अस्वीकार गरेका छन् । निर्वाचन आयोगले सरकारसँगकै समन्वयमा स्थानीय तहको निर्वाचन सम्पन्न गर्न सबै स्थानीय तह र जिल्लामा प्रमुख निर्वाचन अधिकृत र अधिकृत निर्धारण गरी सूचनासमेत जारी गरिसकेको छ ।७७ जिल्लामा प्रमुख निर्वाचन अधिकृतको रूपमा न्यायाधीशलाई जिम्मेवारी दिइएको छ भने ६ सय ७६ जनालाई विभिन्न स्थानीय तहमा निर्वाचन अधिकृतको रूपमा जिम्मेवारी दिइएको छ । तर, त्यसरी जिम्मेवारी दिइएका र हाल कमाउ अड्डाका रूपमा रहेका वैदेशिक रोजगार

यी हुन् मोरङका स्थानीय तहमा तोकिएका निर्वाचन अधिकृत

स्थानीय तह निर्वाचन ऐन २०७३ को दफा ७ बमोजिम आयोगले मोरङ जिल्ला अदालतका न्यायाधीश भरत लम्साललाई मोरङ जिल्लाको मुख्य निर्वाचन अधिकृत नियुक्त गरेको हो।...

स्थानीय तह निर्वाचन: मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृत तोकिए

निर्वाचन आयोगले आउँदो वैशाख ३० मा हुने स्थानीय तह निर्वाचनका लागि जिल्लामा रहने मुख्य निर्वाचन अधिकृत र पालिकामा खटिने निर्वाचन अधिकृत तोकेको छ।...

स्थानीय तह चुनावका लागि मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृत तोकिए !

काठमाण्डाै - वैशाख ३० गते हुने स्थानीय तह चुनावको लागि निर्वाचन आयोगले मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृत तोकेको छ ।जिल्ला न्यायाधीश र राजपत्राङ्कित द्धितीय श्रेणीका अधिकृत कर्मचारीलाई आउँदो २९ गतेदेखि लागू हुने गरी मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतमा नियुक्त गरिने आयोगले जनाएको छ ।आयोगले मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतमा छनोट भएकालाई चुनावबारे अभिमुखीकरण तालिम दिने तयारी गरेको छ । स्थानीय तह चुनावका लागि न्याय परिषद्को परामर्शमा जिल्ला न्यायाधीशलाई मुख्य निर्वाचन अधिकृत र न्याय सेवा आयोगको परामर्श...

स्थानीय तह निर्वाचन : आयोगले तोक्यो ६७६ निर्वाचन अधिकृत (नामावलीसहित)

काठमाडौँ । स्थानीय तह निर्वाचनका लागि निर्वाचन आयोगले मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृत तोकेको छ। आयोगले ६७६ निर्वाचन अधिकृत नियुक्त गरेको हो। २०७९ वैशाख ३० गते शुक्रबार हुने स्थानीय तह निर्वाचनका लागि स्थानीय तह निर्वाचन ऐन, २०७३ को दफा ७ बमोजिम राजपत्राङ्कित द्वितीय श्रेणीका अधिकृत स्तरका कर्मचारीलाई मिति २०७८ चैत २९ देखि लागु हुने […]

उपत्यकामा निर्वाचन अधिकृत महिला मात्रै

काठमाडौं, चैत १२। निर्वाचन आयोगले स्थानीय तह निर्वाचन–२०७९ मा काठमाडौँ उपत्यकामा निर्वाचन अधिकृत महिला मात्रै नियुक्त गर्ने तयारी गरेको छ । आयोगले उपत्यकाका तीन जिल्ला काठमाडौँ, ललितपुर र भक्तपुरका स्थानीय तहमा निर्वाचन अधिकृत महिला मात्रै राख्ने तयारी गरेको हो । आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले भने, “तेस्रो रणनीतिक योजना, लैङ्गिक मैत्री चुनाव र समावेशिताप्रति आयोग […]

मुख्य निर्वाचन अधिकृत र अधिकृत सिफारिस

काठमाडौँ । न्याय परिषद्को बैठकले स्थानीय तह निर्वाचनका लागि मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतको सिफारिस गरेको छ । परिषद्का अध्यक्ष कामु प्रधानन्यायाधीश दीपककुमार, कानुनमन्त्री दीलेन्द्रप्रसाद बडु, वरिष्ठतम न्यायाधीश मिरा खड्का, सदस्यहरू रामप्रसाद भण्डारी र रामप्रसाद श्रेष्ठ सम्मिलित बैठकले ४६७ जनालाई निर्वाचनमा खटाउन सिफारिस गरेको हो । न्याय परिषद् बैठकबाट आगामी स्थानीय तह निर्वाचनका लागि […]