म टाठो हुन सकिनँ। कारण सबैको मनभित्र पस्न सकिनँ। समयलाई बुझ्न सकिनँ। खासमा कसले सोध्दा के भन्दिने भनेर उत्तर बनाउनुपर्दो रहेछ। कसरी भन्दिने भनेर जान्नुपर्दो रहेछ। के भन्ने, के नभन्ने, केले खुसी बनाउँछ, केले दुखी बनाउँछ ख्याल गर्नुपर्दो रहेछ। बोलीको त छ जमाना!