साप्ताहिक पत्रिका फिल्को मिसन विमोचन

सिमकोट – हुम्लाबाट प्रकाशित हुने साप्ताहिक पत्रिका फिल्को मिसनको विमोचन गरिएको छ। यसअघि अनलाइन संस्करण मात्र भएकोमा त्यसलाई पेपरका रूपमा पहिलो पटक प्रकाशन भएपछि एक कार्यक्रम आयोजना गरी विमोचन गरिएको हो। सिमकोट गाउँपालिकाका अध्यक्ष विजय भण्डारी र प्रमुख जिल्ला अधिकारी श्रीनाथ पौडेलले संयुक्त रूपमा पत्रिका विमोचन गरेका हुन्। उनीहरूले केक काटेर पत्रिका विमोचन गरेका थिए। […]

सम्बन्धित सामग्री

वरिष्ठ पत्रकार रिसालको ‘छानिएका रचना’ सार्वजनिक

वरिष्ठ पत्रकार भैरव रिसालद्वारा लिखित ‘छानिएका रचना’ सार्वजनिक भएको छ । सिमल बुक पब्लिकेशनले यहाँ आज आयोजना गरेको पुस्तक लोकार्पण कार्यक्रममा वरिष्ठ अधिवक्ता कृष्णप्रसाद भण्डारी, समाजसेवी तथा वरिष्ठ चिकित्सक गौरीशङ्करलाल दास, लेखक रिसाल र डा.गोविन्द सार्की नेपालीले संयुक्तरूपमा आज लोकार्पण गरे । वरिष्ठ पत्रकार रिसालको ९५ औँ जन्मदिनको अवसरमा आज पुस्तक विमोचन गरिएको हो । पुस्तकमा मजदुर (दैनिक) र श्रमिक (साप्ताहिक) पत्रिकामा छापिएका करिब दुई सय लेख मध्येबाट छानेर करिब ६५ लेखलाई पुस

कालापानीका खबरलाई समेटेर पत्रिका प्रकाशनमा

कञ्चनपुर । सूचना प्रवाह गर्ने कर्तव्य र दायित्व बोध गर्दै सुदूर पश्चिमका आम नागरिकलाई सुसूचित गराउने उद्देश्यले मङ्गलवारदेखि कालापानी खबर साप्ताहिक पत्रिका प्रकाशनमा आएको छ । मङ्गलवार एक कार्यक्रमको आयोजना गरी पत्रिकाको विमोचन गरिएको हो ।

‘अर्थको अर्थ’ २८औं वर्षमा

वैशाख १३, काठमाडौं । आइबिएन मिडिया एन्ड रिसर्च प्रालिले निर्माण गरी हरेक आइतवार नेपाल टेलिभिजनबाट प्रसारण गराउँदै आएको नेपालको पहिलो साप्ताहिक आर्थिक टेलिभिजन कार्यक्रम ‘अर्थको अर्थ’ २७ वर्ष पूरा गरी २८औं वर्षमा प्रवेश गरेको छ । वार्षिकोत्सवको अवसरमा संस्थाले सोमवार काठमाडौंमा ‘वित्तीय क्षेत्रमा डिजिटलाइजेशन’ विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रममा अर्थमन्त्री विष्णु पौडेलले आगामी वर्षको बजेटमा जायज मागहरूलाई सम्बोधन गरिने बताएका छन् । सबै माग जायज नहुने र जायज मागहरू पनि सम्बोधनमा कहिलेकाहीँ समस्या हुने बताउँदै अर्थमन्त्री पौडेलले भने, ‘सबै क्षेत्रको सल्लाह, सुझाव र मागहरूलाई उचित सम्बोधन गर्नेगरी बजेट निर्माण गरिन्छ ।’ पछिल्लो समय कोरोनाको संकट थप बढेकोमा सबैलाई सचेत हुन समेत अर्थमन्त्री पौडेलले आग्रह गरे । सरकारको सही नीति र आमनागरिकको सावधानीका कारण पहिलो चरणमा कोरोना विरुद्धको लडाइँ लड्न सफल भएको भन्दै उनले दोस्रो चरणमा पनि सबैले स्वास्थ्य सुरक्षा मापदण्ड पालना गर्न आग्रह गरे । जनताको जीवनको रक्षा गर्दै आर्थिक सामाजिक गतिविधिलाई पुरानै लयमा फर्काउनुपर्नेमा जोड दिए । साथै कोभिडबाट जोखिन स्वास्थ्य मापदण्ड पालनामा लापरबाही नगर्न उनले सबैलाई आग्रह गरे । कार्यक्रममा अर्थ मन्त्रालयका आर्थिक सल्लाहकार डा प्रकाशकुमार श्रेष्ठले कोरोना संक्रमण नियन्त्रण गर्दै आर्थिक पुनरुत्थानलाई बजेटले विशेष प्राथमिकता दिने बताए ।  नेपाल बैंकर्स संघका अध्यक्ष भुवन दाहालले आगामी बजेटमा बैंकिङ क्षेत्रको करको दर घटाउन आग्रह गरे । अहिले ३० प्रतिशत कर लाग्ने गरेको भन्दै त्यसलाई घटाएर २५ प्रतिशतमा झार्दा राम्रो हुने सुझाव दिए । यस्तै डिजिटल कारोबारको प्रवर्द्धनका लागि कर छूट गर्नुपर्ने उनको तर्क छ । कार्यक्रममा नेपाल इलेक्ट्रोनिक पेमेन्ट सिस्टम्स लिमिटेड (नेप्स) का प्रमुख कार्यकारी अधिकृत सञ्जीव सुब्बाले डिजिटल कारोबारलाई प्रवद्र्धन गर्न सरकारले राजस्व संकलनदेखि पेन्सन वितरणसम्मका सबै सरकारी कारोबारहरुलाई डिजिटल माध्यमबाट गर्नुपर्ने बताए । यसैबीच, वार्षिकोत्सव कार्यक्रममा संस्थाद्वारा प्रकाशित स्मारिका ‘डिजिटल नेपाल’को विमोचन समेत गरिएको छ । सोही अवसरमा संस्थाले एसीसी, नबिल र हिमालयन बैंकका साथै ‘अर्थको अर्थ’को कार्यक्रम निर्माता शंकर पण्डित र सुदूरपश्चिम संवाददाता विवेक नागरीलाई समेत सम्मानपत्रद्वारा सम्मानित गरेको छ ।  कार्यक्रमले मुलुकका समसामयिक आर्थिक गतिविधिलाई समावेश गरी विश्लेषणात्मक सामग्री प्रस्तुत गर्दै आएको छ ।