भारतले चन्द्रमाको दक्षिणी ध्रुवमा सफलतापूर्वक यान अवतरण गराउने पहिलो देश बन्न सफल भएको एक हप्तापछि नै सूर्यको अनुसन्धान गर्न अन्तरिक्ष यान पठाउन तयार भएको छ ।
भोलि शनिवार स्थानीय समयअनुसार बिहान ११ बजेर ५० मिनेटमा आदित्य एल–१ यान अन्तरिक्षमा पठाउने भारतीय अन्तरिक्ष अनुसन्धान सङ्गठन (इसरो) ले जनाएको छ । भारतको चेन्नईबाट एक सय किलोमिटर उत्तरमा पर्ने श्रीहरिकोटमा रहेको अन्तरिक्ष यान प्रक्षेपणस्थलबाट यानलाई अन्तरिक्षमा पठाइने इसरोले जनाएको छ ।
अन्तरिक्षमा पठाइने यान सूर्यमा पुग्ने नभई पृथ्वीबाट १५ लाख किल...