कुकुर र बिरालोको बन्ध्याकरण गर्दै काठमाडौं महानगरपालिका

२७ भदौ, काठमाडौं । काठमाडौं महानगरपालिकाले कुकुर र बिरालोको बन्ध्याकरण गर्ने भएको छ । महानगरपालिकाको कार्यपालिका वैठकमा सडकमा कुकुर आतंक सिर्जना भएको भन्दै बारम्बार गुनासो गरेपछि कुकुर र बिरालोको बन्ध्याकरण बृहत बनाउने तयारी गरेको हो । महानगरका कृषि तथा पशुपन्छि विभागका प्रमुख डा.अवधेश झाका अनुसार कुकुर र बिरालोको भ्याक्सिनेसन र बन्ध्याकरणको लागि इच्छुक फर्महरुलाई १५ […]

सम्बन्धित सामग्री

कुकुरलाई रेविजविरुद्ध खोप दिइँदै ! [तस्वीर]

काठमाडौं महानगरपालिका–२५ स्थित न्हयोखामा कुकुरलाई रेविजविरुद्ध खोप दिइँदै । महानगरपालिकाले गत मंगलवारदेखि सडकका कुकुर–बिरालाको संख्या सीमित गर्न ९ वटा वडामा बन्ध्याकरण र रेबिजविरूद्धको खोप एकैसाथ सञ्चालन गरेको छ । मंगलवारबाट महानगरपालिकाका ९ वटा वडा (४, ७, ९, ११, १४, १५, २५, ३१ र ३२) बाट एकैसाथ बन्ध्याकरण र खोपका कार्यक्रम चलाएको छ । मेयर बालेन्द्र (बालेन) शाहले आउँदो ३ महीनाभित्र ५ हजार ८ सयको बन्ध्याकरण र १६ हजारलाई रेविजविरुद्धको खोप दिने बताएका छन् । तस्वीर : सुनिल शर्मा/आर्थिक अभियान

काठमाडौंमा कुकुरको बिगबिगी : जोखिम मोल्दै सर्वसाधारण तर महानगरको बजेट ‘फ्रिज’

काठमाडौं : काठमाडौं उपत्यकाभित्र पछिल्लो समय देखिएको जल्दोबल्दो समस्या हो– सडकका कुकुर। बाटोमा मानिसलाई छाडा कुकुरहरूले आक्रमण गर्दा सर्वसाधारणहरू ज्यानको जोखिम मोलेर हिँडीरहेका छन्।तर यसको व्यवस्थापन गर्नेतर्फ भने काठमाडौं महानगरपालिका उदासीन छ। महानगरपालिकाको कृषि तथा पशुपक्षी विभागले अपेक्षित काम नगरेको र यसका लागि छुट्याएको बजेट सधैँ फ्रिज हुने गरेको भन्दै महानगरपालिकाकै जनप्रतिनिधिहरूले गुनासो गरेका छन्।गत साउन ३२ गते २१ औं नगर कार्यपालिका बैठकमा महानगरपालिका वडा-७ का अध्यक्ष विम

‘कुकुर मार्छु’ भन्ने वडाध्यक्षविरुद्ध उच्च अदालतमा रिट

४ साउन, काठमाडौं । सामुदायिक ‘कुकुर मार्छु’ भन्ने अभिव्यक्ति दिने काठमाडौं महानगरपालिका-३० का वडाध्यक्ष दलबहादुर कार्कीविरुद्ध उच्च अदालत पाटनमा रिट परेको छ । पशु कल्याण संघ नेपालका सचिव रुपक कोइराला र कोषाध्यक्ष विकेशकुमार श्रेष्ठले वडाध्यक्ष कार्की विरुद्ध रिट दिएका हुन् । वडाध्यक्ष कार्कीले पहिले पनि आफूले सामुदायिक कुकुर मारेको र अहिले पनि औषधि खोज्दै हिँडेको […]

सामुदायिक कुकुर व्यवस्थापनमा एक्लाएक्लै प्रयास, परिणाम शून्य

सामुदायिक कुकुर व्यवस्थापन तथा पशुकल्याणको मुद्दामा संघ र प्रदेश सरकारलाई चासो छैन । स्थानीय तहले एक्लाएक्लै गरेका प्रयासहरु अपर्याप्त हुँदा मान्छे र सामुदायिक कुकुरबीचको द्वन्द्व बढ्दो छ ।

कुकुर मार्ने अभिव्यक्ति दिने वडाध्यक्षको आलोचना

कुकुर मार्ने अभिव्यक्ति दिने काठमाडौं महानगरपालिकाका एक वडाध्यक्षको आलोचना भएको छ । काठमाडौं महानगरपालिका नगर कार्यपालिका बैठकमै कुकुर मार्ने अभिव्यक्ति दिने वडा नम्बर ३० का अध्यक्ष दलबहादुर कार्कीको आलोचना भएको हो । यही विषयमा असहाय गाईबाछा संरक्षण अभियानका अध्यक्ष उत्तम पुडासैनीले एक विज्ञप्तिमार्फत धर्ती मान्छेको मात्र नभई सबै प्राणीहरुको साझा बासस्थान भएको उल्लेख गर्दै वडाध्यक्षको अभिव्यक्तिको आलोचना गरेका छन् । वडाध्यक्षको अभिव्यक्तिले सोच र हैसियतलाई छताछुल्ल मात्र नभई अन्तर्राष्

‘कुकुर मार्छु’ भन्ने वडाध्यक्षलाई कारबाही गर्न माग

३ साउन, काठमाडौं । काठमाडौं महानगरपालिकाका एकजना जनप्रतिनिधले कुकुर मार्ने अभिव्यक्ति दिएपछि उनको चर्को आलोचना सुरु भएको छ । पशुअधिकारकर्मीहरुले यस्तो अभिव्यक्ति दिने जनप्रतिनिधिलाई कारबाही हुनुपर्ने आवाज उठाइरहेका छन् । असहाय गाईबाच्छा संरक्षण अभियानले विज्ञप्ति नै जारी गरेर ‘कुकुर मार्छु’ भन्ने अभिव्यक्ति दिने जनप्रतिनिधिलाई कारबाही गर्न माग गरेको छ । काठमाडौं महानगरपालिका वडा नम्बर ३० […]

काठमाडौं-३० का वडाध्यक्षको आक्रोश : औषधि पाएको भए २५ सय कुकुर मार्थें

काठमाडौं । आइतबार काठमाडौं महानगरपालिकाको नगर कार्यपालिकाको बैठकमा सामुदायिक कुकुरको विषयले प्रवेश पायो । सामुदायिक कुकुरलाई कसरी व्यवस्थापन गर्न सकिएला ? जनप्रतिनिधिहरुले यसमा सवालजवाफ गरे । यसै सिलसिलामा काठमाडौं महानगरपालिका-३० का वडाध्यक्ष दलबहादुर कार्की झोक्किएँ, ‘मैले त औषधि खोजिरहेको थिएँ तर बजारमा पाइनँ । नत्र भने एकै दिन २५ सय कुकुर मार्ने थिएँ ।’ कुकुर […]

वडाअध्यक्ष : असीमित जिम्मेवारी, सीमित अधिकार

संविधान र कानुनमा लेखेको भन्दा व्यापक जिम्मेवारी हुन्छ वडाअध्यक्षको । बुढाबुढीको झगडा, कसैले पैसा तिरेन, कुकुरले टोक्यो, पानी आएन, फोहोर उठेन वडाअध्यक्ष अघि सर्नुपर्छ । तर, जिम्मेवारीको तुलनामा स्रोत र अधिकार नहुँदा उनीहरूको हात बाँधिएको छ ।