बिनोद चौधरी विश्वका अर्बपतिको सूचीमा १९२९औं मा, सम्पत्ति बढेर डेढ अर्ब डलर पुग्यो

काठमाडौं, २३ चैत्र । नेपालका एकमात्र डलर अर्बपति बिनोद चौधरीको सम्पत्ति बढेर डेढ अर्ब डलर पुगेको छ । सन् २०२२ मा गएराति सार्वजनिक विश्वका अर्बपतिको सूचीमा चौधरी १९२९औं नम्बरमा परेका छन् । फोबर्सले सार्वजनिक गरेको सूचीमा चौधरीको कुल सम्पत्ति डेढ अर्ब उल्लेख छ । उनको सीजी कर्पोरेट ग्लोबल, नेबिल बैंक, सीजी फुड्समा लगानी रहेको भनिएको […]

सम्बन्धित सामग्री

अर्बपति बिनोद चौधरीले पनि पाए प्रत्यक्षतर्फको टिकट

अर्बपति बिनोद चौधरी पनि प्रतिनिधिसभा अन्तर्गत प्रत्यक्षतर्फको चुनाव लड्ने भएका छन् । उनी नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) निर्वाचन क्षेत्र नं. १ बाट चुनाव लड्ने भएका हुन्।नेपाली कांग्रेसले उनलाई टिकट दिएको हो । उनी सत्ता गठबन्धनको साझा उम्मेदवार हुन् । चौधरी यस अघि नेपाली कांग्रेस कै समानुपातिक सांसद थिए । २०६४ को संविधान सभा चुनावमा एमालेबाट समानुपातिक सभासद बनेका चौधरी २०७४ मा भने कांग्रेसबाट समानुपातिक सांसद बनेका थिए। चौधरी हाल कांग्रेसको केन्द्रीय कार्यसमिति सदस्य समेत छन् ।

नेपालका खर्बपति विनोद चौधरीको उद्योगले खाने तेलमा कालोबजारी गरेको खुलासा

नेपालका एकमात्र डलर अर्बपति बिनोद चौधरीकै उद्योगले खाने तेलमा कालोबजारी गरेको पाईएको छ। उद्योगी चौधरी अध्यक्ष रहेको चौधरी ग्रुप अन्तर्गतको सीजी वेल एण्ड डेरिभटिभ्स प्रा.लि.ले उत्पादन गरेर बिक्रि गर्दै आएको शेफ ब्राण्डको सनफ्लावर तेलमा कालोबजारी गरेको पाईएको हो ।नेपालका एक मात्र खर्बपतिको उद्योगले नै खानेतेलमा मूल्य नै नराखी उत्पादन गरेर कालोबजारी गरेको हो । २०७७ सालको असारमा १६५ रुपैयाँ प्रतिलिटर रहेको सनफ्लावर तेल २०७८ असारमा २३० रुपैयाँ पुग्यो । अहिले २०७९ असारमा आउँदा सनफ्लावर तेलको मूल्य प्रतिलिटर ३८० रुपैयाँ औसतमा बिक्रि भईरहेको छ । चौधरी ग्रुपको उद्योगले उत्पादन गर्ने शेफ ब्राण्डको सनफ्लावर तेलको भाउ त उपभोक्ताले प्रतिलिटर ४ सय रुपैयाँसम्म तिर्नु परिरहेको छ । मूल्य नखुलाई उद्योगले बजारमा तेल पठाएकाले उपभोक्ताले वास्तविक मूल्य थाहा नपाउँदा बढी मूल्य तिर्नु परिरहेको हो ।उपभोक्ता संरक्षण ऐन २०७५ को दफा ३८ (ङ) मा उद्योगीले उत्पादन गर्ने वस्तु तथा सेवाको उत्पादन मिति, उपभोग योग्य अवधि, मूल्य, स्वास्थ्यमा पार्ने असर, बस्तुमा गरिएको मिसावट प्रष्ट रुपमा खुलाउनुपर्नेछ  प्रावधान छ । तर चौधरीको सीजी वेल एण्ड डेरिभटिभ्स प्रा.लि.ले उत्पादन गरेर बिक्री गर्दै आएको शेफ ब्राण्डको सनफ्लावर तेलमा न उत्पादन मिति लेखिएको छ, न बिक्री मूल्य खुलाईएको छ । मूल्य नखुलाई उत्पादन बजारमा पठाउँदा नै चौधरी ग्रुपको उद्योगले मोटो रकम घोटाला गरेको हो । देउवाकै संरक्षणयस विषयमा कुनैपनि छानबिन भएको छैन । बिनोद चौधरी प्रधानमन्त्री शेरबहादुर देउवाको नजिकका पात्र मात्रै होइनन्, आर्थिक सल्लाहकार नै हुन् । काँग्रेसबाट समानुपातिक सांसद रहेका चौधरीलाई प्रधानमन्त्रीकै संरक्षण छ ।‘त्यो उद्योगलाई नेपाली कानुन लाग्दैन, नेपालमा केही यस्ता घरानाहरु छन्, जुनबाट सञ्चालित उद्योगहरुलाई कानुन नै लाग्दैन, कानुन नलाग्नेभित्र बिनोद चौधरीको उद्योग पनि पर्छन्’ उपभोक्ता हित संरक्षण मञ्चका अध्यक्ष ज्योति बानियाँ भन्छन्, ‘अहिलेको अवस्थामा बिनोद चौधरीको उद्योगलाई कानुन लाग्दैन, यत्ति बुझौँ, नेपाली कानुन नलाग्ने भएकाले उहाँले जे गर्दा पनि हुन्छ ।’ कालोबजारीको अनुगमन गर्ने मुख्य निकाय उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयअन्तर्गतको वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभाग हो । तर, विभागले चौधरी ग्रुपको शेफ ब्राण्डको सनफ्लावर तेलको मूल्य नखुलाईएको र उत्पादन मिति पनि नलेखिएको विषयमा कुनै कदम चालेको छैन ।विभागले अहिलेसम्म कुनै गुनासो तथा उजुरी नआएको र बजार अनुगमनका क्रममा पनि नभेटिएकाले कुनै कारबाही प्रक्रिया अगाडी नबढेको बताएको छ ।

बिनोद चौधरी विश्वका अर्बपतिको सूचीमा

काठमाडौं । नेपालका एकमात्र डलर अर्बपति बिनोद चौधरीको सम्पत्ति बढेर डेढ अर्ब डलर पुगेको छ । सन् २०२२ मा गएराति सार्वजनिक विश्वका अर्बपतिको सूचीमा चौधरी १९२९औं नम्बरमा परेका छन् । फोबर्सले सार्वजनिक गरेको सूचीमा चौधरीको कुल सम्पत्ति डेढ अर्ब उल्लेख छ । उनको सीजी कर्पोरेट ग्लोबल, नेबिल बैंक, सीजी फुड्समा लगानी रहेको भनिएको छ । […] The post बिनोद चौधरी विश्वका अर्बपतिको सूचीमा appeared first on राजधानी राष्ट्रिय दैनिक.

अर्बपति चौधरीभन्दा प्रथम राष्ट्रपतिका छोरा पछाडि

काठमाडौं, ६ पौष । नेपाली काँग्रेसको मधेशी खुल्लातर्फको केन्द्रीय सदस्यमा विजयी ५ जनामा अजय चौरसिया पहिलो नम्बरमा परे । उनले २५२२ मत पाए । पर्सा गृहक्षेत्र रहेका चौरसिया सभापति शेरबहादुर देउवाका विश्वासपात्र हुन् । चौरसियापछि बढी मत ल्याउनेमा अर्बपति बिनोद चौधरी रहे । चौधरी विगतमा नेकपा एमालेबाट सांसद रहेकामा पछि नेपाली काँग्रेस प्रवेश गरे । […]

ठूला पार्टीमा अर्बपति र ब्यापारीलाई आरक्षण

नेपाली काँग्रेसको १४ औँ महाधिवेशन जारी छ । संविधानले दिएको आरक्षणको सुविधा काँग्रेसभित्र धनाढ्य समूहले प्रयोग गरेको दृश्य देखिँदैछ । अवसर नपाएका दलित, जनजाती, मधेशी, मुस्लिम लगायतलाई छुट्याईएको आरक्षण काँग्रेस महाधिवेशनमा लाखौँ चन्दा दिएका व्यापारीले प्रयोग गर्दैछन् ।को को छन् आरक्षण लिने ?नेपालका एकमात्र डलर अर्बपति बिनोद चौधरी मधेशी कोटाबाट काँग्रेसको केन्द्रीय सदस्यका उम्मेदवार छन् । उनले महाधिवेशनलाई २५ लाख रुपैयाँ सहयोग गरेका छन् । कुनै समय एमालेबाट आर्थिक लेनदेनबाट पद साटेका चौधरी विगत केही वर्षदेखि काँग्रेसमा छन् । उनलाई काँग्रेसले मधेशी कोटाको १ नम्बरमै समानुपातिक सांसदको सूचीमा नाम राखेर सांसद पनि बनाएको छ ।महाधिवेशनमा नवलपरासीबाट प्रतिनिधि बनेका चौधरीले केन्द्रीय सदस्य बन्न पनि मधेशी कोटाबाटै सजिलो हुने ठाने र उम्मेदवारी दर्ता गराए ।अर्का ‘खुङ्खार’ मेडिकल व्यवसायी उमेश श्रेष्ठ पनि आरक्षणलाई नै टेकेर नेपाली काँग्रेसको केन्द्रीय सदस्य बन्ने दौडमा छन् । सभापति देउवाका नजिकका पात्र उनी जनजाती कोटाबाट काँग्रेसको केन्द्रीय सदस्यका उम्मेदवार छन् । मेडिकल कलेज, बैंक, हाइड्रोपावर लगायतमा लगानी गरेर आर्थिक सम्राज्य खडा गरिरहेका श्रेष्ठले जनजातीका लागि आरक्षित कोटाबाट काँग्रेसको केन्द्रीय सदस्य बन्ने बाटो रोजेपछि आरक्षण दिने ‘मोडल’मै त्रुटि देखिएको विश्लेषण हुन लागेको छ । चितवनबाट महाधिवेशन प्रतिनिधि बनेका श्रेष्ठले पनि काँग्रेसको महाधिवेशनका लागि २५ लाख रुपैयाँ आर्थिक सहयोग गरेका छन् । एमाले पनि चोखो छैनउद्योगी मोतिलाल दुगडले २०७४ को निर्वाचनका समयमा आफ्नो पार्टी एमालेमा विलय गराए । र, लगत्तै भएको निर्वाचनबाट समानुपातिक तिरबाट सांसद भए । केपी ओली प्रधानमन्त्री हुँदा उद्योग राज्यमन्त्री बनेका दुगड केही समय ओलीको प्रमुख आर्थिक सल्लाहकारका रुपमा समेत बसे ।उनी पनि भर्खरै सकिएको एमालेको १० औँ महाधिवेशनबाट मधेशी कोटाबाट पार्टीको केन्द्रीय सदस्य बनेका छन् । टन्न पैसा भएका उद्योगी दुगडले पनि एमालेको केन्द्रीय सदस्य बन्न खुला समूह रोज्न नसकी मधेशी कोटा नै प्रयोग गरे ।आइतबार मात्रै सकिएको एमालेको दोस्रो केन्द्रीय कमिटी बैठकले झापाको बि.एण्ड. सी. मेडिकल कलेजका सञ्चालक दुर्गा प्रसाइँलाई केन्द्रीय सदस्यमा मनोनित गर्यो । कुनै राजनीतिक योगदान नगरेका प्रसाई ओली र प्रचण्डलाई एकै ठाउँमा राखेर मार्सी चामलको खाना खुवाएको तस्बिर बाहिरिएपछि ‘भाइरल’ बनेका थिए । यद्यपी, उनलाई कुनै आरक्षणतर्फबाट नभई अध्यक्षले १० प्रतिशत केन्द्रीय सदस्य मनोनित गर्न सक्ने प्रावधान अनुसार ओलीले मनोनित गरेका हुन् । मनोनितलाई पनि एक किसिमको आरक्षण नै मानिन्छ ।के भन्छन् विज्ञ ?आर्थिक रुपमा नेपालकै एकमात्र डलर अर्बपतिदेखि मेडिकल कलेज व्यवसायी जस्तो व्यक्तिले अवसर नपाएका मधेशी तथा जनजातीहरुका लागि छुट्याईएको आरक्षणको भर्याङ चढेर लाभको राजनीतिमा होमिनु आरक्षण प्रणालीमाथिकै प्रहार भएको विज्ञहरु बताउँछन् । पार्टीभित्र धनाढ्यहरुले आरक्षण प्रयोग गरेर पद लिन थाल्नु भनेको आरक्षण आवश्यक छैन भनेर बहस चलाउनेहरुलाई बल पुग्नु भएको कतिपयको बुझाई छ ।यो संविधानले व्यवस्था गरेको समानुपातिक समावेशी अधिकारको दुरुपयोग भएको पूर्वप्रमुख निर्वाचन आयुक्त निलकण्ठ उप्रेतीको भनाई छ । धनाढ्य र पहुँचवालाले समानुपातिक समावेशीको लाभ लिनु लक्षित समुदाय तथा वर्गमाथि गरिएको अन्याय पनि भएको उनी बताउँछन् ।

अर्बपति बिनोद चौधरी मधेसी कोटामा केन्द्रीय सदस्यको उम्मेदवार

न्युज अफ नेपाल, काठमाडौं । उद्योगपति विनोद चौधरीले कांग्रेस केन्द्रीय सदस्यको उम्मेदवारी दर्ता गरेका छन् । चौधरीले मधेसी कोटामा केन्द्रीय सदस्यको उम्मेदवारी दर्ता गरेका हुन् । उनी कांग्रेसको गरिखान देऊ अभियानका संयोजक समेत हुन् । खुलातर्फको ३५ मा निर्वाचन जित्न कठिन हुने देखेपछि चौधरीले मधेसी कोटामा उम्मेदवारी दर्ता गरेका हुन् ।

अर्बपति बिनोद चौधरी काँग्रेस महाधिवेशन प्रतिनिधिमा निर्विरोध निर्वाचित

काठमाडौं, ६ मंसिर । अर्बपति व्यवसायी बिनोद चौधरी नेपाली काँग्रेसको महाधिवेशनमा निर्विरोध निर्वाचित भएका छन् । उनी नवलपरासी पश्चिम क्षेत्र नं १ बाट निर्वाचित भएका हुन् । चौधरी मधेशी कोटाबाट निर्विरोध निर्वाचित भएका हुन् । चौधरी पछिल्लो समय काँग्रेसका समानुपातिकतर्फका सांसद हुन् । उनी विगतमा नेकपा एमालेबाट सांसद बनेका थिए ।