ललितपुरको गोदावरी नगरपालिका–९ छेडामा व्यवसायी मनोज बानियाँमाथि खुकुरी प्रहार गरेको घटनामा मुद्दा चलाइएका तीन जना नख्खु कारागार चलान भएका छन् । ललितपुर जिल्ला अदालतका न्यायाधीश धनिश्वर पौडेलको सोमबार बसेको एकल इजलासले पुर्पक्षका लागि कारागार पठाउन आदेश दिएको हो ।