काठमाडौं – उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दिलेन्द्रप्रसाद बडूसँग नेपालका लागि भारतका राजदूत नविन श्रीवास्तवले भेटवार्ता गरेका छन् ।मंगलबार मन्त्रालयमा भएको भेटवार्तामा नेपाल भारतबीच व्यापार, पारवहन, लगानीलगायत द्विपक्षीय सम्बन्धका विषयमा छलफल भएको थियो । छलफलमा मन्त्री बडूले भारतसँग नेपालको सम्बन्ध विशिष्ट रहेको उल्लेख गर्दै द्विपक्षीय सहयोग र सहकार्यबाट दुई देशबीचको सम्बन्धलाई अझ सुदृढ गर्न सकिने […]