उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दिलेन्द्रप्रसाद बडूसँग नेपालका लागि भारतका राजदूत नविन श्रीवास्तवले भेटवार्ता गरेका छन् । मन्त्रालयमा भएको भेटवार्तामा नेपाल भारतबीच व्यापार, पारवहन, लगानीलगायत द्विपक्षीय सम्बन्धका विषयमा छलफल भएको थियो ।छलफलमा नेपालका लागि भारतीय राजदूत श्रीवास्तवले विगतदेखि नै नेपाल र भारतबीचको धार्मिक, सांस्कृतिक, आर्थिक सम्बन्ध प्रगाढ रहेको उल्लेख गरे । यस्तै, ऊर्जा विकास, पारवहन तथा पर्यटन प्रवद्र्धन लगायतका विषयमा दुई देशबीच सहकार्य गरी द्विपक्षीय सम्बन्धलाई थप सुदृढ गर