अब खोप लगाउन परिचय पत्र आवश्यक नपर्ने

काठमाडौं, फागुन २ । सरकारले कोरोनाविरुद्धको खोप लगाउन अबदेखि परिचय पत्र आवश्यक नपर्ने निर्णय गरेको छ । मन्त्रीस्तरीय निर्णय गर्दै स्वास्थ्य मन्त्रालयले आइन्दा आइडी कार्ड आवश्यक नपर्ने बनाएको हो । आइडी कार्ड नभएकैले थुप्रैं नागरिक खोपबाट बञ्चित हुनुपर्ने अवस्था आएको भन्दै मन्त्रालयले यस्तो निर्णय लिइएको जनाएको छ । मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीका अनुसार शुक्रबारको […]

सम्बन्धित सामग्री

अब कोरोना खोप लगाउन कुनै परिचयपत्र आवश्यक नपर्ने

काठमाडौं, २ फागुन । कोरोना भाइरसविरुद्धको खोप लगाउन परिचय पत्र आवश्यक नपर्ने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । खोप लगाउन बाँकी नागरिकहरुलाई मन्त्रालयले अबदेखि परिचयपत्र आवश्यक नपर्ने गरी यस्तो निर्णय गरेको हो । देशमा धेरै नागरिकहरुले परिचयपत्रको अभावमा खोपबाट बञ्चित भएको गुनासो आएपछि आइडी कार्ड आवश्यक नपर्ने मन्त्रीस्तरीय बैठकले यस्तो निर्णय गरेको जनाएको छ […]

कोरोनाविरुद्धको खोप लगाउन अबदेखि आइडी कार्ड नचाहिने

काठमाडौं । कोभिड-१९ विरुद्धको खोप लगाउन अबदेखि परिचय पत्र आवश्यक नपर्ने भएको छ । स्वास्थ्य मन्त्रालयले मन्त्रीस्तरीय निर्णय गर्दै आइडी कार्ड आवश्यक नपर्ने निर्णय गरेको हो । मुलुकका हजारौं नागरिकले आइडी कार्ड नहुँदा खोपबाट बञ्चित हुनुपर्ने अवस्था आएकाले यस्तो निर्णय गरिएको मन्त्रालयले जनाएको छ । मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीले शुक्रबारको मन्त्रीस्तरीय बैठकले सो निर्णय […]

काठमाडौँ उपत्यकामा भोलिदेखि १२ देखि १७ वर्षसम्मकालाई खोप

काठमाडौँ– स्वास्थ्य कार्यालय काठमाडौँ र ललितपुरले जिल्लाका १२ देखि १७ वर्ष उमेर समूहका बालबालिकालाई भोलि (मंगलबार) देखि कोभिडविरुद्धको खोप दिने भएको छ। स्वास्थ्य कार्यालयहरुले स्थानीय पालिकाहरुसँग समन्वयमा भोलिदेखि फाइजर खोप दिने निर्णय गरेको हो। यो खोप अभियान एक सातासम्म चल्ने छ। खोप लगाउनका लागि बालबालिकाहरुले परिचय पत्र लिएर पालिकाहरुले तोकेका नजिकको केन्द्रमा गएर खोप लगाउन […]

१० ओटा हिमाली जिल्लामा कोरोना विरुद्धको खोप अभियान शुरु

असोज ४, काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले १० ओटा हिमाली जिल्लामा १८ वर्षमाथिकालाई आज (सोमवार) देखि कोरोना भाइरस विरुद्धको खोप अभियान सञ्चालन गरिएको जानकारी दिएको छ ।  मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीले ती जिल्लाका १८ वर्षभन्दा माथिका सबैलाई आजदेखि यही असोज १४ गतेसम्म कोरोना भाइरस विरुद्धको पहिलो मात्राको खोप अभियान सञ्चालन गर्न लागिएको जानकारी दिए ।  उनका अनुसार ताप्लेजुङ, संखुवासभा, सोलुखुम्बु, रसुवा, जुम्ला, मुगु, हुम्ला, डोल्पा, बाजुरा र दार्चुलामा १८ वर्षभन्दा माथिका सबैलाई भेरोसेल खोपको पहिलो मात्रा लगाउन थालिएको हो ।  सरकारले शुक्रबारमात्र चीन सरकारबाट खरीद गरिएको ४४ लाख मात्रा भेरोसेल खोप ल्याएको थियो । यस्तै काभ्रे र चितवनमा पनि १८ वर्ष भन्दा माथि छुटेका विद्यार्थी र ३५ वर्षमाथिका सबैलाई खोप लगाउन थालिएको छ ।  उनले अभियानकै क्रममा काठमाडौं, ललितपुर, भक्तपुर, मकवानपुर, रामेछाप, सर्लाही र अछाम जिल्लामा ४० वर्ष माथिका खोप लगाउन बाँकी र १८ वर्ष माथिका खोप लगाउन छुटेका विद्यार्थीलाई खोप लगाइने छ ।  यस्तै, मनाङ, मुस्ताङ र पूर्वी रुकुम बाहेकका ५५ जिल्लामा ४५ वर्षमाथिका खोप  लगाउन बाँकी सबै नागरिक र १८ वर्षमाथिका  खोप लगाउन छूटेका विद्यार्थीलाई पनि अभियानकै क्रममा खोप लगाइने उनले बताए । पहिलो मात्रा खोप लगाइसकेका लागि कात्तिक ४ देखि कात्तिक १४ गतेसम्म भेरोसेलको दोस्रो मात्राको खोप प्रदान गरिने छ ।  आजैदेखि यसअघि पहिलो मात्रा लगाएका नागरिकलाई दोस्रो मात्राको खोप अभियान पनि सञ्चालन गरिएको छ । दोस्रो मात्रा आजदेखि असोज ६ गतेसम्म काठमाडौं जिल्लामा सञ्चालन भइरहेको छ ।  मन्त्रालयले खोप लगाउनका लागि आफ्नो परिचय खुल्ने परिचय पत्र लिएर जान समेत अनुरोध गरेको छ । अहिलेसम्म नेपालमा पहिलो मात्रा ६२ लाख तीन हजार ३१६ जनाले र पूर्णमात्रा ५५ लाख ७८ हजार ८६५ जनाले लगाइसकेका छन् । रासस

काठमाडौंमा आजदेखि फेरि भेरोसेल खोप लगाइँदै

काठमाडौं। काठमाडौंमा आजदेखि खोप लगाउन छुटेकालाई फेरि भेरोसेल खोप लगाइँदैछ। पहिलो मात्रा खोप लगाउन छुटेका ५० वर्ष वा सोभन्दा माथिका सबैलाई खोप दिन लागिएको महानगरपालिकाले जारी गरेको सूचनामा उल्लेख छ। खोप लगाउन जाँदा उमेर खुल्ने परिचय पत्र लिएर जान महानगरले अनुरोध गरेको छ। खोप प्रत्येक वडामा बिहान १० बजेदेखि बेलुका ५ बजेसम्म सञ्चालन हुनेछ।

अहिलेसम्म ८८ हजारले लगाए खोप

मन्त्रालयले पहिलो चरणमा प्राथकिमता प्राप्त लक्षित समूहमा पर्ने व्यक्तिमध्ये स्वास्थ्यकर्मीले काउन्सिल दर्ता, आधिकारिक परिचय पत्र र संस्थाबाट प्रमाणीकरण गरेको विवरण तथा अन्य व्यक्तिका हकमा सम्बन्धित कार्यालयले गरेको सिफारिश पत्र जिल्लाको स्वास्थ्य कार्यालयमा नाम दर्ता गरी खोप लगाउन आग्रह गरेको छ ।