प्रेमको आत्मदहले उठाएको एउटा प्रश्न : के कृषि अनुदान नेता र आसेपासेले मात्रै पाउँछन् ?

काठमाडौं । मंगलवार दिउँसो बानेश्वरमा आफैलाई आगो लगाएका इलामका प्रेमप्रसाद आचार्यको कीर्तिपुर अस्पतालमा उपचारका क्रममा मृत्यु भयो ।  ३७ वर्षको उमेरमै आत्मदहको बाटो अपनाउनु अगाडि आचार्यको फेसबुकमा लेखेको ६००० शब्दको ‘सुसाईड नोट’ले  देशमा नै केही गर्छु भन्ने हुटहुटी भएका युवाहरूलाई गरेर खान कति असहज छ भन्ने चित्र देखाउँछ । आचार्यको उक्त सुसाईड नोटले नेपालको राजनीति, निजी क्षेत्र, व्यवसायिक घरानाको यथार्थलाई चित्रण गरेको छ । आचार्यले लेखेको नोटले कृषिमा सरकारले दिने अनुदान कस्को पोल्टामा जाँदै छ भन्ने छर्लङ्ग बनाइदिएको छ । राजनीतिज्ञ र शक्तीको पहुँचमा भएकाले कसरी कृषि अनुदानमा हालीमुहाली गर्छन् भन्ने प्रष्ट पारिदिएको छ ।  आचार्यले प्रदेश १ सरकार अन्तर्गतको कृषि तथा भूमि व्यवस्था मन्त्रालयमा कृषि अनुदानको लागि चार-चार पटकसम्म निवेदन दिए पनि आफू अनुदानको लागि सर्टलिस्टमा समेत नपरेको उल्लेख गरेका छन् । उनले ईलाम जिल्लाको सुर्योदय नगरपालिकाको वडा नं ११ को केराबारीमा सुर्योदय एग्रो ईन्डष्ट्रिज एन्ड फार्म हाउस कृषि उद्योग संचालन गर्दै आएका थिए । आफ्नो उद्योग मार्फत ईलामको घ्यु, ईलामको गुन्द्रुक, ईलामको अकबरे अचार, तामाको अचार लगायतका उत्पादन बेच्दै आएका थिए ।  कृषि अनुदानको लागि सरकारी टोली अनुगमनको लागि आउँदा उनको व्यवसायिक सोच र काम राम्रो भएको भन्ने प्रतिक्रिया पाएता पनि आफ्नो कम्पनी अनुदानको लागि कहिल्यै छनौट नभएको गुनासो उनले गरेका थिए ।  उनले इलाम सुर्योदय नगरपालिकाका वडा अध्यक्षदेखि राजनीतिक पहुँचसम्म भएकाले डेरि फ्याक्ट्री, बङ्गुर फार्म लगायतको लागि भन्दै एउटै संस्थाले पटक पटक लाखौ रूपैयाँ बराबरको अनुदान पाउँदै गर्दा आफुले चार-चार पटकसम्म अनुदानको लागि निवेदन दिदाँ पनि आफू छनौट नभएको बताएका थिए । ‘अनुदान पाउनको लागि सच्चा कर्मनिष्ठ भएर नहुने रहेछ’ उनी लेखेका थिए, ‘अनुदान पाउनको लागि कि जनप्रतिनिधि, कि पार्टीको झोले, कि त अनुदान दिने निकायका कर्मचारीलाई घुस दिनुपर्ने रहेछ ।’ प्रदेश १ को उद्योग, कृषि तथा सहकारी मन्त्रालयका प्रवक्ता पशुपति पोख्रेल कृषि अनुदानको लागि आएको बजेटको आकार नै सानो भएका कारण सबै आकांक्षीहरूले अनुदान नपाएको बताउछन् । सबै आकांक्षीहरूले अनुदान नपाउँदा हामीले अनुदान दिदाँ जति नै निष्पक्ष गरेता पनि गुनासो आइरहन्छ, उनले भने ।  गत आर्थिक वर्षबाट लक्षित वर्गसम्ममा अनुदान पुर्‍याउने उद्देश्यले मन्त्रालयले ऐन नै संशोधन गरेको पोख्रेलले बताए । मन्त्रालयले गत आर्थिक वर्षबाट ऐन नै संशोधन गरेर एकपटक अनुदान लिइसकेको व्यत्तिले तीन वर्षसम्म एउटै प्रकृतिको कृषि अनुदान लिन नमिल्ने बनाएको उनको भनाइ छ । त्यसैले शुरूवाती दिनहरूमा भने ऐनमा नै प्रष्ट व्यवस्था नभएका कारण एउटै व्यत्तिले दोहोरिएर अनुदान लिएको हुन सक्ने पोखरेलले स्वीकारे ।  ‘मन्त्रालयले अनुदान दिनु अघि अनुगमन गर्नुका साथै स्थानिय तहको पनि सिफारिस आवश्यक पर्छ ।’ उनले भने, ‘त्यसका साथै अनुदानको लागि छनौट भएकाहरूको सूचना प्रकाशन भएपछि पनि कसैको गुनासो भएमा सम्बन्धित जिल्ला कार्यालयमा उजुरी दिन सकिन्छ ।’ 

सम्बन्धित सामग्री

सरकारले ठूला किसानलाई कृषि अनुदान दिनु हुँदैनः विज्ञहरू

काठमाडौँ – विज्ञहरूले सरकारले ठूला किसानलाई कृषि अनुदान दिन नहुने बताएका छन्। काठमाडौंमा खाद्यका लागि कृषि अभियानले बुधवार आयोजना गरेको जैविक खेतीः खाद्य प्रणालीको पुनर्जीवन विषय अन्तरक्रिया कार्यक्रममा कृषि विज्ञहरूले सरकारले साना किसानलाई अनुदान, मझौला किसानलाई प्रविधि र ठूला किसानलाई नयाँ कृषि प्रणाली विकासको लागि प्रोत्साहन गरे मात्रै नेपालमा दिगो खाद्य विकास र कृषि प्रणालीको […]

विज्ञ भन्छन्– सरकारले ठूला किसानलाई कृषि अनुदान दिनुहुँदैन

कृषि विज्ञहरुले सरकारले ठूला किसानहरुलाई कृषि अनुदान दिन नहुने बताएका छन्। बुधबार काठमाडौंमा भएको ‘जैविक खेती : खाद्य प्रणालीको पुनर्जीवन’ विषयक अन्तरक्रियामा विज्ञहरुले साना किसानलाई अनुदान, मझौला किसानलाई प्रविधि र ठूला...

ठूला किसानलाई 'कृषि अनुदान' आवश्यक छैन : विज्ञ

काठमाण्डौ – विज्ञहरूले सरकारले ठूला किसानलाई कृषि अनुदान दिन नहुने बताएका छन् । आज बुधवार काठमाण्डौमा खाद्यका लागि कृषि अभियानले आयोजना गरेको जैविक खेतीः खाद्य प्रणालीको पुनर्जीवन विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै कृषि विज्ञहरूले सरकारलाई यस्तो सुझाव दिएका हुन् ।  कृषि विज्ञहरूले सरकारले साना किसानलाई अनुदान, मझौला किसानलाई प्रविधि र ठूला किसानलाई नयाँ कृषि प्रणाली विकासका लागि प्रोत्साहन गरेमात्रै नेपालमा दिगो खाद्य विकास र कृषि प्रणालीको विकास हुने बताए । उनीहरूले नेपालको कृषि क्षेत्रले देशको अर्थतन्त्...

कहाँबाट, कसरी लिने कृषि अनुदान ?

नेपालको कृषि क्षेत्र निर्वाहमुखी प्रणालीबाट व्यवसायिकता र औद्योगीकरणतर्फ उन्मुख भैरहेको छ । सरकारले कृषि क्षेत्रको विकासका लागि विभिन्न अनुदानका कार्यक्रम संचालन गरिरहेको छ । तर कृषकले अनुदानको बारेमा सुने तापनि कृषि अनुदान कहाँबाट कसरी पाइन्छ भन्ने जानकारी नहुँदा सरकारले प्रदान गर्ने कृषि अनुदान कार्यक्रमबाट बञ्चित हुने गरेका छन् ।यदि तपाईं कृषि व्यवसाय सुरू गर्दै हुनुहुन्छ या संचालन गरिरहेको कृषि ब्यवसायलाई थप वृत्तिविकास गर्ने सोचमा हुनुहुन्छ भने कृषि अनुदान दिने सरकारी वा गैरसरकारी निकाय तथा

बागमती सरकारले कृषि अनुदान खारेज गर्ने

काठमाडौं । बागमती प्रदेश सरकारले कृषि अनुदान खारेज गर्ने घोषणा गरेको छ । प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री शालिकराम जम्कट्टेलले बुधबार प्रदेश सभामा आर्थिक वर्ष २०७९/८० का लागि बजेट प्रस्तुत गर्दै यसअघि वितरण हुँदै आएको उत्पादनमा आधारित कृषि अनुदान बाहेक सबै अनुदान खारेज गर्ने घोषणा गर्नुभएको छ । कृषि तथा पशुपालन क्षेत्रमा प्रदान हुँदै आएको […]

बागमती प्रदेश सरकारद्वारा कृषि अनुदान खारेज

काठमाडौँ,२ असार । बागमती प्रदेश सरकारले कृषि अनुदान खारेज गर्ने घोषणा गरेको छ । प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री शालिकराम जम्कट्टेलले बुधबार प्रदेश सभामा आव २०७९÷८० का लागि बजेट प्रस्तुत गर्दै यसअघि वितरण हुँदै आएको उत्पादनमा आधारित कृषि अनुदानबाहेक सबै अनुदान खारेज गर्ने घोषणा गरेको हो । कृषि क्षेत्रलाई निर्वाहमुखी अवस्थाबाट आधुनिकीकरण, विशिष्टीकरण, यान्त्रिकीकरण, औद्योगीकरण […]

बागमती प्रदेश सरकारद्वारा कृषि अनुदान खारेज

बागमती । बागमती प्रदेश सरकारले कृषि अनुदान खारेज गर्ने घोषणा गरेको छ । प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री शालिकराम जम्कट्टेलले बुधबार प्रदेश सभामा आव २०७९/८० का लागि बजेट प्रस्तुत गर्दै यसअघि वितरण हुँदै आएको उत्पादनमा आधारित कृषि अनुदानबाहेक सबै अनुदान खारेज गर्ने घोषणा गरेका हुन् । कृषि क्षेत्रलाई निर्वाहमुखी अवस्थाबाट आधुनिकीकरण, विशिष्टीकरण, यान्त्रिकीकरण, औद्योगीकरण र […]

बागमती प्रदेशमा कृषि अनुदान खारेज

बागमती : बागमती प्रदेश सरकारले कृषि अनुदान खारेज गर्ने घोषणा गरेको छ।प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री शालिकराम जम्कट्टेलले बुधबार प्रदेश सभामा आव २०७९\८० का लागि बजेट प्रस्तुत गर्दै यसअघि वितरण हुँदै आएको उत्पादनमा आधारित कृषि अनुदानबाहेक सबै अनुदान खारेज गर्ने घोषणा गरेका हुन्।उनले कृषि तथा पशुपालन क्षेत्रमा प्रदान हुँदै आएको अनुदानको प्रभावकारिता कम भएको देखिएकोले खारेज गरिएको बताए। कृषि क्षेत्रको रूपान्तरणका लागिर्न कृषि तथा पशुपन्छी पालनमा संलग्न किसान, व्यवसायी र सहकारीलाई प्रोत

बागमती प्रदेश सरकारद्वारा कृषि अनुदान खारेज

काठमाडौँ – बागमती प्रदेश सरकारले कृषि अनुदान खारेज गर्ने घोषणा गरेको छ। प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री शालिकराम जम्कट्टेलले बुधबार प्रदेश सभामा आव २०७९/८० का लागि बजेट प्रस्तुत गर्दै यसअघि वितरण हुँदै आएको उत्पादनमा आधारित कृषि अनुदानबाहेक सबै अनुदान खारेज गर्ने घोषणा गरेका हुन्। कृषि क्षेत्रलाई निर्वाहमुखी अवस्थाबाट आधुनिकीकरण, विशिष्टीकरण, यान्त्रिकीकरण, औद्योगीकरण र व्यवसायिकीकरण गरी […]

प्रदेश १ मा कृषि अनुदान दुरुयोग गर्नेलाई सजाय गर्ने कानुन

प्रदेश १ सरकारले कृषि अनुदान दुरुपयोग गर्नेलाई बिगो असुल उपर गरि जरीवना गर्ने कानुन निर्माण गरेको छ। प्रदेश १ सरकारको  भूमि व्यवस्था  कृषि  तथा सहकारी मन्त्रालयले प्रदेश सभामा दर्ता गराएको...