प्रारम्भिक बालविकास शिक्षा (इसिडी) सुधारको माग राख्दै नेपाल समाजबादी विद्यार्थी युनियनका अध्यक्ष नेत्र चापागाईंले ४ दिनदेखि दैनिक ८ घण्टा काठमाडौंको माइतीघर मण्डलामा उभिएर सरकारलाई दबाब दिइरहेका छन् । शनिबार पनि बिहान १० बजे देखि ५ बजेसम्म माइतीघरमा चापागाईं उभिएका थिए ।