आकस्मिकबाहेक सबै सेवा ठप्प पारी महाकाली अञ्चल अस्पताल भीमदत्तनगरका चिकित्सक आन्दोलनमा उत्रेपछि बिरामी मर्कामा परेका छन् । तीन दिनदेखि चिकित्सकले बहिरंग सेवा ठप्प पारी आन्दोलनमा लागेपछि बिरामी उपचारका लागि अन्यत्र जान थालेका छन् । सरकारले ल्याएको विधेकको विरोध गर्दै चिकित्सक आन्दोलनमा गएपछि बिरामीले चर्काे शुल्क तिर्दै निजी क्लिनिक र भारतका निजी अस्पतालमा उपचार गराउनुपरेको छ…