अर्घाखाँची – अर्घाखाँचीको भुमिकास्थान नगरपालिका–१ मा आफ्नै दाजुले भाइको हत्या गरेका छन् ।
भुमिकास्थान नगरपालिका–१ खलाधारा भीरबाट लडेको अवस्थामा साम्नेगाँउका ७० वर्षका वीरबहादुर गमालको शव भेटिएको थियो ।
प्रहरीका अनुसार बुधवार दिउँसो वीरबहादुर गमाल र उनका ७४ वर्षीय दाजु हिमबहादुर भत्ता बुझेपछि हिँड्दै घर फर्केका थिए ।
घर फर्किँदै गर्दा बेलुकी ७ बजे बाटोमा लेनदेको विषयमा दाजुभाइको सामान्य विवाद हुँदा भीरबाट धकेली भाइको ज्यान गएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रहरी निरीक्षक अर्जुन पौडेलल...