लमजुङ : भाइटीका लगाउने सुरसार भएपछि मिथुन मानवको मुहारमा खुशी छाउन थाल्यो। आश्रामकी संयोजक अनिता अधिकारी पनि खुशी देखिन्थिन्। सडक मानवहरूले आश्रय लिइरहेका ठाउँ मानव सेवा आश्राम हो र आश्राममा आश्रित मिथुन मानवलाई दाजु मानेर भाइटीका लगाउँदै थिइन् अनिता। ‘मानव सेवासँगै मैले धेरै दाजुहरू पाएको छु’ उनले भनिन्...