विराटनगर : प्रदेश १ का सामाजिक विकासमन्त्री राजन राईले प्रदेश १ को खेलकुद अब्बल बनाउनुपर्नेमा जोड दिएका छन्। सामाजिक विकास मन्त्रालयमा आयोजित नवनियुक्त प्रदेश खेलकुद विकास बोर्ड उपाध्यक्ष र सदस्य सचिवको शपथग्रहणमा मन्त्री राईले यस्तो बताएका हुन्।उनले खेलकुद क्षेत्रको समग्र विकास आवश्यक रहेकोमा जोड दिँदै नवनियुक्त उपाध्यक्ष जीना कार्की र सदस्य सचिव हंशराज वाग्लेलाई प्रदेशको खेलकुदलाई गति दिने गरि काम गर्न आग्रहसमेत गरे। उनले भने, ‘काँधमा जिम्मेवारी थपिएको छ, कार्यकाल सफल होस्