प्रधानमन्त्री शेर बहादुर देउवाले तीव्र राजनीतिक ध्रुविकरणले मुलुकमा तानाशाहलाई निम्त्याउने भन्दै प्रजातन्त्र र मानवअधिकारको पक्षमा उभिन सबैलाई आव्हान गरेका छन्। आइतबार प्रथम विश्व शेर्पा सम्मेलनलाई राजधानीमा सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले सबै वर्ग समुदाय र तहको मानवअधिकार रक्षाका लागि राजनीतिक ध्रुविकरण विरुद्द एक हुन आह्वान गरेका हुन्। मुलुकमा विकसित राजनीतिक घटनाक्रमले तीव्र ध्रुविकरण निम्त्याएको र त्यसमा एकदलीय…