नेकपा माओवादी केन्द्रका प्रवक्ता नारायणकाजी श्रेष्ठले वर्तमान केपी ओली नेतृत्वको सरकारलाई आफ्नो पार्टीको समर्थन नरहेको स्पष्ट पारेका छन् ।
मंगलबार पार्टीको स्थायी कमिटी बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले देशमा चुनाव घोषणा हुने र चुनाव नहुने गरी संविधान र लोकतन्त्रमाथि खतरा पैदा हुने स्थिति नआओस् भन्नका लागि आफुहरुले सुविचारित ढङ्गले कदम चाल्ने पनि बताए ।
उनले भने, ‘यो सरकारलाई हाम्रो समर्थन छैन । यो सरकारलाई हामीले कसरी अहिले औपचारिक रुपमा समर्थन नरहेको कुरा लेखेर दिने भन्ने मात्रै बाँकी छ । यो सरकारलाई विस्थ...