काठमाडौं जिल्लाबाट स्थानीय तहका उम्मेदवारको खर्च विवरण क्षेत्रीय निर्वाचन कार्यालयले निर्वाचन आयोगलाई बुझाएको छ। गत वैशाख ३१ गते निर्वाचनमा सहभागी उम्मेदवारको सोमबार निर्वाचन आयोगमा खर्च विवरण बुझाइएको क्षेत्रीय निर्वाचन अधिकारी विनोदकुमार दाहालले जानकारी गराए।