काठमाण्डाै – शेयर बजार परिसूचक नेप्से आज मङ्गलवार पनि घटेकाे छ । हिजाे साेमवार ४४ अङ्कभन्दा धेरैले घटेकाे शेयर बजार परिसूचक नेप्से आज ३४ दशमलव ७८ अङ्कले घटेर दुई हजार तीन सय ८५ दशमलव ०२ विन्दुमा झरेकाे छ ।
आज हाेटल तथा उत्पादनबाहेक अरू सबै समूहकाे शेयर घटेकाे छ । निर्जीवन बीमा, जीवन बीमा, उत्पादन, विकास बैंक, जलविद्युत्, माइक्राेफाइनान्स र अन्य समूहकाे शेयर उच्च अङ्कले घटेकाे छ ।
आज दुई सय ३७ वटा कम्पनीकाे ३७ लाख ८३ हजार कित्ता शेयर एक अर्ब ५२ कराेड रुपैयाँमा काराेबार भएकाे छ । सबैभन्द...