कांग्रेसको १४औं महाधिवेशनअन्तर्गत मनोनयन दर्ता गर्ने दिन शनिवार काठमाडाैंको प्रदर्शनीमार्गमा चहलपहल बढेको छ ।
अहिले विभिन्न पदका आकांक्षीहरूले उम्मेदवारी दिने क्रम जारी छ ।
शुक्रवारबाट शुरू भएको महाधिवेशनमा आइतवार नयाँ नेतृत्व चयनका लागि मतदान हुँदैछ । प्रदर्शनीमार्गमा अहिले उम्मेदवारहरूले प्रचारप्रसारलाई व्यापक बनाउका छन् ।
ब्यानर, पर्चा बाँडेर उम्मेदवार तथा उनका समर्थकहरूले प्रचार गरिरहेका छन् ।