जिल्ला अस्पताल लमजुङमा स्थापना भएको बाल उपचार कक्षलाई १ करोड बढी रुपियाँको स्वास्थ्य सामग्री सहयोग प्रदान गरिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालय गण्डकी प्रदेश पोखराको सहकार्य, सिआरएस नेपालको आर्थिक सहयोग र कारितास नेपालद्वारा कार्यान्वयन गरिएको कोभिड १९ को दोस्रो भेरियन्ट इमरजेन्सी रेस्पोन्स परियोजना अन्तर्गत सहयोग प्राप्त भएको हो ।