अनधिकृत रूपमा बनाइएका प्रहरी बिटमा महानगरले लगायो डोजर

अनधिकृत रूपमा बनाइएका प्रहरी बिटमा काठमाडौं महानगरपालिकाले डोजर लगाउन थालेको छ । महानगरले मंगलबार पुरानो बसपार्कस्थित ट्राफिक प्रहरी बिटमा डोजर लगाएर यो कामको सुरुवात गरेको हो । महानगरका अनुसार प्रहरीले नै फुटपाथ अतिक्रमण...

सम्बन्धित सामग्री

नाला अतिक्रमण गरी बनाइएका संरचनामाथि वीरगञ्ज महानगरले आज पनि चलायो डोजर

३ साउन, काठमाडौं । वीरगञ्ज महानगरपालिकाले मुख्य नाला अतिक्रमण गरी बनाइएका भौतिक संरचनामाथि बुधबार पनि डोजर चलाएको छ । महानगरले बुधबार साँझ क्लासिक होटल र कर्पोरेट बैंक रहेको भवनमाथि डोजर चलाएको हो । वीरगञ्ज शहरको मुख्य नाला अतिक्रमण गरी सञ्चालनमा रहेको क्लासिक होटल मंलगबारदेखि हटाउन सुरु गरिएको र बुधबारबाट कर्पोरेट बैंक रहेको भवन पनि हटाउन थालिएको […]

महानगरले डोजर चलाउन खोज्दा गैरीगाउँ तनावग्रस्त

काठमाडौं । काठमाडौं महानगरपालिकाले गैरीगाउँ सुकुम्वासी बस्तीमा डोजर चलाउन खोज्दा दिनभर तनाव भएकाे छ । महानगरले अव्यवस्थित बस्ती हटाउन ७ वटा डोजर लिएर गैरीगाउँ सुकुम्वासी बस्तीमा पुगेकाे थियाे । तीनकुनेबाट गैरीगाउँतर्फको बागमती करिडोरमा टायर र काँडेतार राखेका सुकुम्वासी बस्तीका बासिन्दाले पछि टायर बालेर प्रदर्शन गरेपछि तनाव भएकाे थियाे । महानगरपालिकाको डोजर पुग्नुअघि नेपाल प्रहरी र […]

माइराम पोखरी क्षेत्रका अवैध संरचनामाथि वीरगञ्ज महानगरले चलायो डोजर

१६ फागुन, वीरगञ्ज । वीरगञ्ज महानगरपालिकाले सार्वजनिक जमिन अतिक्रमण गरेर बनाइएका भौतिक संरचनामाथि डोजर चलाएको छ । आदर्शनगरस्थित माइराम पोखरीको जग्गा अतिक्रमण गरेर बनाइएका भौतिक संरचनामाथि महानगरले मंगलबार डोजर चलाएको हो । यो समाचार तयार पार्दासम्म महानगरपालिकाले ४ वटा घरहरु भत्काइसकेको छ । चिल्ड्रेन पार्कको पूर्व तर्फ बनाइएका अवैध घरहरुमा डोजर चलाइएको वीरगञ्ज महानगरपालिका सरसफाइ […]

मेयरको घरमा विराटनगर महानगरले चलायो डोजर

२१ मंसिर, विराटनगर । विराटनगर महानगरपालिकाले मेयर नागेश कोइरालाको घरमा डोजर चलाएको छ । विराटनगर–९ जलजला रोडस्थित कोइरालाको घरमा अनुमति विना निर्माण भएको संरचना हटाउन महानगरले डोजर चलाएको हो । मेयर कोइरालाले भाडामा लगाएको सटरमा निर्माण भएको संरचना डोजर प्रयोग गरेर हटाएको महानगरपालिकाले बताएको छ । भाडामा लिने व्यापारीले बनाएको संरचना अवैधानिक भएको महानगरपालिकाको भनाइ […]

वीर अस्पताल बाहिरका फार्मेसी पसलमाथि महानगरले चलायो डोजर

काठमाडौं : काठमाडौं महानगरपालिकाले वीर अस्पताल अगाडि रहेका पसलहरुमाथि डोजर चलाएको छ। अनधिकृत रुपमा बनाइएका सटरहरु हटाउन सूचना दिए पनि नहटाएको भन्दै महानगरले आज डोजर चलाएको हो।  डोजर चलाइएका पसलहरुमा फार्मेसीहरु संचालनमा थिए। महानगरले डोजर ल्याएपछि औषधि व्यवसाय गर्दै आएकाहरुले हतारहतार आफ्ना सामान निकालेका थिए।

वीर अस्पताल अगाडिका फार्मेसीमा महानगरले चलायो डोजर

काठमाडौं महानगरले वीर अस्पताल अगाडि रहेका टहरा (औषधि पसल)  हटाउन थालेको छ। बिहीबार महानगरले ती टहरामा ‘डोजर’ चलाएको छ।

वीर अस्पताल क्षेत्रका अनधिकृत संरचनामाथि महानगरले चलायो डोजर

काठमाडौं । काठमाडौं महानगरपालिकाले वीर अस्पताल क्षेत्र वरपर बनेका अनधिकृत संरचना हटाउन सुरु गरेको छ । अस्पतालको भवनदेखि उत्तर तर्फ रहेका अनधिकृत संरचना डोजर लगाएर हटाउन सुरु गरिएको महानगरले जनाएको छ । डोजर चलाउनु अघि सो क्षेत्रमा रहेका टहराहरु हटाउन महानगरले सूचना जारी गरेको थियो । तर अटेर गरेर सो क्षेत्रमा औषधि लगायतका पसलहरु सञ्चालनमा […]

थापागाउँ क्षेत्रका अनधिकृत संरचनामाथि महानगरले चलायो डोजर

३१ भदौ, काठमाडौ । काठमाडौं महानगरपालिकाले थापागाउँ क्षेत्रमा सडक मिचेर बनाइएका घर टहरामा डोजर चलाएको छ । ६ मिटर बाटो रहेको थापागाउँ क्षेत्रको गल्ली मिचेर बनाइएका तीन वटा पक्की घरले मिचेको भाग डोजर लगाएर हटाएको महानगरले जनाएको छ । यस्तै दुई वटा टहरा पनि हटाउने काम भएको महानगरको भनाइ छ । आजै मात्रै महानगरपालिकाले नयाँबानेश्वर […]

कोटेश्वरको अवैध संरचनामा महानगरले चलायो डोजर

काठमाडौं महानगरपालिकाले काटेश्वर क्षेत्रका अवैध संरचनामा डोजर चलाएको छ । महानगरले तीनकुने कोटेश्वर खण्डमा रहेका अनधिकृत संरचना हटाउन डोजर चलाएकोहो । सो क्षेत्रमा रहेका फुटपाथ पनि महानगरले हटाउने भएको छ ।  महानगरले कोटेश्वर क्षेत्रमा यसअघि पनि डोजर चलाएको थियो  । यस्तै राजधानीका अन्य स्थानका अवैध संरचनामा पनि महानगरले डोजर चलाउँदै आएको छ ।

न्युरोडको सुरज अर्केड भत्काउन महानगरले पठायो डोजर

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले न्युरोडमा रहेको सुरज अर्केडमा निर्माण गरिएका अनधिकृत संरचना भत्काउन लागेको छ । अर्केडमा बनाएको अनधिकृत संरचना भत्काउन महानगरपालिले २ वटा डोजर तयार गरिएको छ । डोजर लिएर केही समयमै पुग्ने महानगर प्रहरीले जनाएको छ । महानगरले पछिल्लो समय अनधिकृत संरचना हटाउने अभियान चलाएको छ ।