काठमाडौं । नर्भिक अन्तर्राष्ट्रिय अस्पतालले पाठेघर सम्बन्धी समस्या भएका महिलाहरुका लागि निःशुल्क ओपीडी सेवा दिने भएको छ । अस्पतालले निःशुल्क ओपीडी अभियान अन्तर्गत आउने शनिवार प्रजनन क्यान्सरको विषयमा निःशुल्क सेवा संचालन गर्ने जनाएको छ । आउने शनिवार नर्भिक अस्पतालका प्रजनन क्यान्सर रोग विशेषज्ञ डा. एलिजा श्रेष्ठले निःशुल्क ओपीडी सेवा दिने अस्पतालले जनाएको हो । डा. श्रेष्ठका अनुसार महिनावारीमा गडबडी भएका, औषधि खाएर समेत पाठेघरसँग सम्बन्धित समस्या समाधान नभएका, पाठेघर तथा पाठेघरको मुखको