जुम्लाको सिंजा गाउँपालिकाका नवनिर्वाचित अध्यक्ष पूर्णप्रसाद धितालले घरमै हुने सुत्केरी दर शून्यमा झार्ने बताएका छन् । अध्यक्षमा निर्वाचित भएपछिकाे पहिलाे निर्णयमा उनले गाउँपालिकाको पहिलो प्रथामिकता घरमै हुने सुत्केरी दर शून्यमा झार्ने रहेको बताए ।उनले सिंजा गाउँपालिकाको मातृ मृत्युदर शून्य बनाउन र नेपाल सरकारको गाउँगाउँमा सिंहदरबार भन्ने अवधारणालाई पूर्णता दिन यस्तो प्रतिबद्धता गरेकाे बताए । अध्यक्ष धितालले भने, 'अब सिजा गाउँपालिकाका कुनै पनि सुत्केरी महिला घरमा सुत्के