जुम्लामा अज्ञात समूहद्वारा वडा कार्यालय तोडफोड - Naya Patrika

जुम्लाको सिंजा गाउँपालिका– ६ स्थित वडापालिकाको कार्यालयमा अज्ञात समुहले तोडफोड गरेको छ । आइतबार राती कार्यालय तोडफोड गरी विभिन्न योजनाका निर्णय फाइल च्यातिएको र कार्यालयका झ्याल ढोका तोडफोड गरिएको प्रमुख...पूरा पढ्नुहोस् »

सम्बन्धित सामग्री

अज्ञात समूहद्वारा वडा कार्यालय तोडफोड

पर्वत : पर्वतको मोदी गाउँपालिका–७ राम्जाको वडा कार्यालयमा शुक्रवार राती अज्ञात समूहद्वारा तोडफोड भएको छ।वडाध्यक्ष दीपेन्द्र गौतमका अनुसार उक्त समूहले वडा कार्यालयका विभिन्न शाखाका दराज तथा फर्निचर तोडफोड गरी कागजपत्र बाहिर निकालेर छरपस्ट पारेको छ। घटनास्थलमा पुगेको प्रहरीले अनुसन्धान सुरु गरिसकेको र सर्वपक्षीय बैठक राखेर खोजतलासको काम गर्न लागिएको पनि वडाध्यक्ष गौतमले बताए।शुक्रवार राति नै मोदी गाउँपालिका–६ रातमाटामा राखिएका दुईवटा मोटरसाइकल चोरीको प्रयास गरेको स्थानीय शिक्षक जीवनाथ

खोटाङमा वडा कार्यालय तोडफोड, चार जना पक्राउ

खोटाङ – खोटाङको हलेसी तुवाचुङ नगरपालिका–३ च्यास्मीटार वडा कार्यालय तोडफोड भएको छ । वडा कार्यालयको दुई तले भवनको सभाहलका रूपमा प्रयोग भइरहेको भुइँतलाको कोठामा तोडफोड भएको हो । सोमबार राति स्थानीय युवाले वडा कार्यालयको ताला तोडेर तोडफोड गरेका हुन् । तोडफोडबाट प्लास्टिकका १७ वटा कुर्सी, काठका तीन वटा बेन्च, प्लास्टिकका एक वटा टेबल, एक थान […]

सल्यानमा गाउँपालिका र वडा कार्यालय तोडफोड

सल्यानको कालीमाटी गाउँपालिकाको कार्यालय र वडा कार्यालयमा अज्ञात व्यक्तिहरुले बिहीबार राती तोडफोड गरेका छन्।...

अज्ञात समूहद्वारा गाउँपालिका र वडा कार्यालय तोडफोड, लघुबित्तको तीन लाख चोरी

सल्यानको कालिमाटी गाउँपालिकाको कार्यालय भवनमा तोडफोड भएको छ। गएराति अज्ञात समूहले गाउँपालिका कार्यालयको १२ वटा कोठाको ताल्चा फोडेर सिसी क्यामेरासमेत फुटाएको गाउँपालिकाका उपाध्यक्ष सनशीलता वलीले जानकारी दिइन्। गाउँपालिकाको कार्यालयको प्रशासकीय भवनको...

मध्यराति वडा कार्यालय र विद्यालयमा तोडफोड

खोटाङ – खोटाङको ऐसेलुखर्क गाउँपालिका-३ वडा कार्यालय र त्रिभुवन माबिको कार्यालय तोडफोड भएको छ। बिहीबार राति वडा कार्यालय ऐसेलुखर्क र त्रिभुवन माविको कार्यालय तोडफोड भएको हो। वडा कार्यालय र विद्यालय तोडफोड गर्नेको पहिचान हुन सकेको छैन। वडा कार्यालयको घेराबारको तालाचाबी, अध्यक्षको कार्यकक्ष, वडा सचिवको कोठा र सभाहलको चाबी तोडिएको छ। ढोका फाेडेर भित्र प्रवेश गरेर कार्यालयभित्रका […]

ऐँसेलुखर्कको वडा कार्यालय र विद्यालयमा तोडफोड

खोटाङको ऐँसेलुखर्क गाउँपालिका- ३ वडा कार्यालय र त्रिभुवन माविको कार्यालय तोडफोड भएको छ । बिहीबार राति वडा कार्यालय ऐँसेलुखर्क र त्रिभुवन माविको कार्यालय तोडफोड भएको हो । वडा कार्यालय र विद्यालय तोडफोड गर्नेको पहिचान हुन सकेको छैन ।वडा कार्यालयको घेराबारको तालाचाबी, अध्यक्षको कार्यकक्ष, वडा सचिवको कोठा र सभाहलको चाबी तोडिएको छ । ढोका फोडेर भित्र प्रवेश गरेर कार्यालयभित्रका सबै घर्रा खोलेको पाइएको छ । क्षतिको बारेमा अनुसन्धान भइरहेको वडाध्यक्ष राजेशकुमार राजभण्डारीले बताए । वडा कार्यालयले थप अनुसन

रुरुक्षेत्र गाउँपालिकाको वडा कार्यालय तोडफोड गरी नगद चोरी

गुल्मी : रुरुक्षेत्र गाउँपालिका वडा नम्बर ६ को वडा कार्यालय तोडफोड गरी नगद चोरी भएको छ। आइतबार राति कार्यालय तोडफोड गरी कार्यलयमा रहेको टेवलको लकरमा रहेको पाँच हजार र दराजमा रहेको ६० हजार गरी कुल ६५ हजार रुपैयाँ चोरी भएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ।यस्तै, सोही वडाको विष्णुबहादुर सिंजालीको होटलबाट ६ हजार, विष्णु पौडेलको घरबाट ४० हजार, पाँच तोला बराबरको सुनका गहना, चार तोला बराबरको चाँदीको पाउजु चोरी भएको छ। यस्तै, सोही वडाकै गणेश पौडेलको संगम होटलबाट नौ हजार, नवराज बस्नेतको घरबाट ५५

वडा कार्यालय तोडफोड

गुल्मीको मालिका गाउँपालिका–७ घमिरको वडा कार्यालयमा तेस्रो पटक तोडफोड भएको छ। बिहीबार सिसिटिभीको दृश्य हेर्दा बुधबार राति एक जना व्यक्तिले कार्यालय तोडफोड गरेका छन्।

घमिरको वडा कार्यालय तोडफोड

गुल्मी । गुल्मीको मालिका गाउँपालिका–७ घमिरको वडा कार्यालयमा तेस्रो पटक तोडफोड भएको छ । आज सिसिटिभीको दृश्य हेर्दा बुधबार राति एक जना व्यक्तिले कार्यालय तोडफोड गरेका छन् । कार्यालयका दुवै ढोका तोडफोड गरिएको छ भने एउटा ल्यापटप चोरी भएको छ । त्यस्तै सिसिटिभीको फुटेज राखेको हार्डडिक्स कार्यालय नजिकैको ख¥यानमा फालेको अवस्थामा फेटिएको वडाध्यक्ष वेदप्रसाद पन्थले जानकारी दिए ।कार्यालयका महत्वपूर्ण कागजपत्र पनि च्यातिएका छन् । स्मरण रहेस्, घमिरको वडा कार्यालयमा यसभन्दा अगाडि २०७६ पुस ९ गते र गत

विप्लव समूहले गर्‍यो वडा कार्यालय तोडफोड

जाजरकोट : नेत्रविक्रम चन्द ‘विप्लव’ समूहका कार्यक्रताले नलगाड नगरपालिका–१० को वडा कार्यालय तोडफोड गरेका छन्। कार्यालयका कुर्सी, दराज, कागजातमा क्षति पुर्‍याइएको छ। जिल्ला प्रहरी कार्यालयले कार्यालय तोडफोड गरेको पुष्टि गरेको छ।  उनीहरुले जनप्रतिनिधिहरुलाई भ्रष्ट, दलालको आरोप लगाउँदै कार्यालय त...