पशुपति गौशाला धर्मशाला क्षेत्रमा सम्झौता विपरीत निर्माण गरिएका संरचना हटाउन पशुपति क्षेत्र विकास कोषले ३५ दिने सूचना जारी गरेको छ । मारवाडी सेवा समिति नेपालले पशुपति गौशाला धर्मशाला उद्देश्य मुताविक नचलाएकाले गत असोज २६ गते नै यस्ता संरचना हटाउन पत्र पठाएको आज सार्वजनिक गरेको सूचनामा उल्लेख छ ।गौशाला धर्मशाला विशुद्ध रुपमा गाईपालन, नन्दी सेवा तथा तीर्थयात्रीलाई धर्मशाला (आवास) सञ्चालन मात्र गरेको हुनुपर्नेमा समितिले सम्झौता विपरीतका सेवा पनि चलाएकाले सम्झौता र मापदण्ड विपरीतका संरचना ३५ दिनभित्र