एमालेको टिकट त्यागेर रौतहट–३ बाट प्रतिनिधिसभा सदस्य पदमा स्वतन्त्र उम्मेदवारी दिएका प्रभु साहलाई समर्थन गर्न माओवादी केन्द्रीय समितिले आफ्ना उम्मेदवार धिरेज पटेललाई दिएको निर्देशन अस्वीकार गरेका छन् । पटेल अहिले प्रचारप्रसारमा लागेका छन् । यसले माओवादीलाई अप्ठेरोमा पारेको छ । चुनावमा साहलाई जिताएर पार्टीमा ल्याउने माओवादीको रणनीति छ ।