कुन–कुन देशका राजदूत फिर्ता हुँदै ?

काठमाण्डाै – सरकारले राजनीतिक नियुक्तिका आधारमा नियुक्त गरिएका सबै राजदूतलाई फिर्ता बोलाउने निर्णय गरेको छ । मन्त्रिपरिषद्को आज मङ्गलवारको बैठकले अघिल्लो सरकारले राजनीतिक नियुक्तिका आधारमा नियुक्त गरेका सबै राजदूतलाई फिर्ता बोलाउने निर्णय गरेको कानुन, न्याय तथा संसदीय मामिला मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिनुभयो ।मन्त्रिपरिषद्को निर्णयपछि चीन, भारत, संयुक्त राज्य अमेरिकालगायतका देशमा कार्यरत सबै नेपाली राजदूत फिर्ता हुनुपर्नेछ । परराष्ट्र सेवाबाट गएका राजदूत भने फिर्ता हुने छैनन् । संयुक्त राज्य अमेरिकाक...

सम्बन्धित सामग्री

राजदूत, कूटनीति र कौशल

सरकारले १२ मुलुकमा रहेका राजदूत फिर्ता बोलाएर नयाँ राजदूत सिफारिस गरेको छ । राजदूत नियुक्तिका सन्दर्भमा विभिन्न कोणबाट तर्क, वितर्क चलिरहँदा राजनीतिदेखि कूटनीतिक वृत्तमा पनि बहस चलिरहेको छ । नेपालको राजनीतिसँगै कूटनीतिक क्षेत्र पनि किन यति धेरै तरङ्गित र अपरिपक्व हुँदै छ ? के नेपालले आफूले तय गरेको विदेश नीतिका आधारमा कूटनीतिक अभ्यास अवलम्बन गर्न चुकेको हो ? नेपाल पछिल्ला दशक भूराजनीतिक प्रभावको केन्द्रविन्दुमा रहेको विदित नै छ । विश्व परिवेशमा नै छिमेकी मुलुक चीन र भारतको आर्थिक उन्नति, सामरिक र सैन्य सुरक्षा, सूचना र प्रविधिको विकास, राजनीतिक रूपमा बढ्दो प्रभावसँगै यी मुलुकबिचको सम्बन्धले पनि नेपालमा प्रत्यक्ष प्रभाव पारेका सङ्केत स्पष्ट छन् । राजनीतिसँगै कूटनीतिक क्षेत्रमा स