राजदूत, कूटनीति र कौशल

सरकारले १२ मुलुकमा रहेका राजदूत फिर्ता बोलाएर नयाँ राजदूत सिफारिस गरेको छ । राजदूत नियुक्तिका सन्दर्भमा विभिन्न कोणबाट तर्क, वितर्क चलिरहँदा राजनीतिदेखि कूटनीतिक वृत्तमा पनि बहस चलिरहेको छ । नेपालको राजनीतिसँगै कूटनीतिक क्षेत्र पनि किन यति धेरै तरङ्गित र अपरिपक्व हुँदै छ ? के नेपालले आफूले तय गरेको विदेश नीतिका आधारमा कूटनीतिक अभ्यास अवलम्बन गर्न चुकेको हो ? नेपाल पछिल्ला दशक भूराजनीतिक प्रभावको केन्द्रविन्दुमा रहेको विदित नै छ । विश्व परिवेशमा नै छिमेकी मुलुक चीन र भारतको आर्थिक उन्नति, सामरिक र सैन्य सुरक्षा, सूचना र प्रविधिको विकास, राजनीतिक रूपमा बढ्दो प्रभावसँगै यी मुलुकबिचको सम्बन्धले पनि नेपालमा प्रत्यक्ष प्रभाव पारेका सङ्केत स्पष्ट छन् । राजनीतिसँगै कूटनीतिक क्षेत्रमा स

सम्बन्धित सामग्री

म्याड्रिडमा नेपाली खाना र आतिथ्य संगम

स्पेनका लागि नेपाली राजदूत शर्मिला ढकाल पराजुलीले राजधानी म्याड्रिडस्थित दूतावासमा बुधबार आयोजना गरेको फागु र नारी दिवस कूटनीति विस्तारका निम्ति प्रभावकारी भएको छ।...

म्याड्रिडमा नेपाली खाना र आतिथ्य संगम

स्पेनका लागि नेपाली राजदूत शर्मिला ढकाल पराजुलीले राजधानी म्याड्रिडस्थित दूतावासमा बुधबार आयोजना गरेको फागु र नारी दिवस कूटनीति विस्तारका निम्ति प्रभावकारी भएको छ।...

परराष्ट्रमन्त्री डा पौड्यालद्वारा प्रभावकारी सेवा प्रवाह गर्न निर्देशन

परराष्ट्रमन्त्री डा विमला राई पौड्यालले विदेशस्थित सबै नेपाली दूतावासका राजदूत र कूटनीति नियोग प्रमुखलाई त्यहाँबाट प्रदान गरिने सेवालाई थप प्रभावकारी बनाउन निर्देशन दिनुभएको छ । परराष्ट्र मन्त्रालयमा शुक्रबार आयोजना गरिएको भर्चुअल बैठकलाई सम्बोधन गर्दै उहाँले नेपाल बाहिर रहेका नेपालीलाई आइपरेका समस्या तत्काल समाधान गर्न पनि आग्रह गर्नुभयो । उहाँले दूतावासहरूलाई मित्रराष्ट्रसँग सम्बन्ध विस्तार गर्न, विकास …

नेपालका लागि अमेरिकी राजदूत बेरीको जिम्मेवारी फेरियो, नामिबियाका लागि सिफारिस

काठमाडौँ – नेपालका लागि अमेरिकी नयाँ राजदूतमा डिन थम्पसन केही सातापछि नेपाल आउँदै छन्। गत चैतमा अमेरिकी राष्ट्रपति जो बाइडनले थम्पसनलाई नेपालका लागि राजदूत नियुक्तिको सिफारिस गरेका थिए। अमेरिकी राजदूत बेरीलाई प्रतिस्थापन गर्ने नवनियुक्त अमेरिकी राजदूत थम्पसनसंग अमेरिकी कूटनीति सेवामा २५ वर्षभन्दा लामो अनुभव छ। थम्पसनले यसअघि अमेरिकी विदेश मन्त्रालयको महत्त्वपूर्ण जिम्मेवारीको अलावा मलेसियाका लागि […]

राजदूत सिफारिसः कूटनीति दाउमा राखेर आफन्त व्यवस्थापन

गत कात्तिक ११ मा भारत, अमेरिका र बेलायतका लागि राजदूत सिफारिस गर्दा शेरबहादुर देउवा नेतृत्वको वर्तमान सरकारले परिपक्व निर्णय गरेको भन्दै चौतर्फी प्रशंसा भएको थियो। सरकारले भारतका लागि शंकर शर्मा, अमेरिकाका लागि श्रीधर खत्री तथा बेलायतका लागि ज्ञानचन्द्र आ...

२० देशमा राजदूत खाली

विभिन्न मुलुकमा रहेका कुल ३० वटा राजदूतावासमध्ये २० वटा नेपाली राजदूतावासमा राजदूत पद लामो समयदेखि रिक्त छ । कोभिड–१९ को महामारीमा अन्तर्राष्ट्रिय सहयोग, सद्भाव लिनुुपर्ने र द्विपक्षीय सम्बन्धलाई अझ बलियो बनाउने समयमा राजदूत पद नै रिक्त रहनु राम्रो नभएको भनाइ कुटनीतिज्ञहरूको छ ।विश्वका १७१ मुलुकसँग द्विपक्षीय कूटनीतिक सम्बन्ध स्थापना गर्न नेपाल सफल भएको छ । परराष्ट्रविद् मदनकुमार भट्टराई असल सम्बन्ध स्थापित गर्न अत्यावश्यक माध्यमका रूपमा रहेको राजदूतावास खाली रहँदा नाम मात्रको कूटनीति

सरकारको प्राथमिकतामै परेन कूटनीति : २० देशमा राजदूत नै छैनन्

अघिल्लो सरकारले नियुक्त गरेका राजदूतहरुलाई फिर्ता बोलाएको गठबन्धन सरकारले पाँच महिना बितिसक्दा पनि नेपालका दुई छिमेकी चीन र भारतहित २० देशमा अझै राजदूत नियुक्त गर्न सकेको छैन । सरकारले राजदूत नै नियुक्त नगर्ने हो भने अघिल्लो सरकारको समयमा काम गरिरहेका राजदूतलाई फिर्ता बोलाउनु ठीक हैन । देउवा सरकारले असोज ५ को निर्णयअनुसार राजनीतिक नियुक्ति पाएका …

ऊर्जा कूटनीति नै निर्णायक कूटनीति हो : ऊर्जामन्त्री भुसाल

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले ऊर्जा कूटनीति नै निर्णायक कूटनीति भएको बताएकी छन् । भारतसँगको कूटनीति पक्षलाई ऊर्जासँग बढी जोड्न भारतका लागि नेपाली राजदूतलाई पनि सोहीअनुसार भनिएको उनको भनाइ छ । आइतवार नेपाल आर्थिक पत्रकार समाज (सेजन) र इकोनमिक पोलीसी इन्क्यूभेटर (ईपीआई)को संयुक्त आयोजना काठमाडौं आयोजित ‘नेपालमा विद्युत् व्यापारको सम्भावना र चुनौती’ विषयक अन्तरक्रिया कार्यक्रममा उनले राजदूत शंकर शर्मालाई समेत ऊर्जा कूटनीतिमै भर पर्न जोड दिएको बताएकी हुन् । उक्त अवसरमा उनले विद्यमान कानूनले नपुगेर नै नयाँ कानून मस्यौदा भएको भन्दै राजनीतिक अवरोध नभए हिउँदे अधिवेशनमा यो विधेयक पास हुने भुसालले बताइन् । ‘नेपाल विद्युत् प्राधिकरणले कम्पनीमार्पmत व्यापार गर्न पाउने गरी कम्पनीलाई अनुमति दिने तयारी भइरहेको छ,’ भुसालले भनिन्, ‘निजीक्षेत्रले पनि भरपर्दो आधार दिए विधेयक पास नभए पनि अनुमति दिन्छौं ।’ उक्त अवसरमा पूर्वऊर्जामन्त्री राधा ज्ञवालीले ऊर्जाको उत्पादन वृद्धि गर्ने सवालमा सरकारका तर्फबाट कुनै पनि बाधा हुन नहुने बताइन् । बंगलादेशमा बिजुली बेच्न नेपाल र बंगलादेशले संयुक्त रूपमा भारतसँग प्रस्ताव गर्नुपर्ने ज्ञावालीकोे भनाइ थियो । त्यस अवसरमा राष्ट्रिय सभाका सदस्य राधेश्याम अधिकारीले विधेयक बनाउँदा विधायकीले २० प्रतिशत पनि अधिकार प्रयोग गर्न नपाएको गुनासो गरे । ‘ऊर्जाको व्यापारमा निजीक्षेत्र आउँछु भनेको छ,’ उनले प्रश्न गरे, ‘के उनीहरूलाई अवसर दिनेगरी विधेयक आएको छ त ? छैन, छैन भने त्यहाँ व्यवस्था गर्नुपर्छ तर व्यापारको विषयमा जेजति कुरा आएका छन् ती पर्याप्त छैनन् ।’ यसैगरी विद्युत् नियमन आयोगका अध्यक्ष दिल्लीबहादुर सिंहले विद्युत निर्यातका लागि आयोगले हदैसम्मको सहयोग गरिरहेको बताए । त्यस अवसरमा ऊर्जा मन्त्रालयका सहसचिव मधुप्रसाद भेटुवालले सतर्कतापूर्वक विद्युत्को व्यवस्थापन गर्नुपर्नेमा जोड दिए । उनले अहिलेको मागअनुसार २०२८ सम्म ५० हजार गिगावाट आवर विद्युत् बढी हुने बताए । छिमेकी देशको तुलनामा विद्युत्को उत्पादन लागत बढी हुनु नै अहिलेको मुख्य चुनौती रहेको भन्दै उनले लागत घटाउन प्रतिस्पर्धामा जानैपर्ने बताए । सरकारले मात्रै सबै कुरा गर्न सक्दैन भन्ने संसारभरि प्रमाणित भइसकेको भन्दै उनले विद्युत् व्यापारमा पनि निजीक्षेत्रलाई प्रवेश दिनुपर्ने बताए । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले हिजो लोडशेडिङको चुनौती रहे पनि अहिले उत्पादित विद्युत् कसरी खपत गर्ने भन्ने नै विषय चुनौतीका रूपमा आएको बताए । हिउँदमा पानी रोकेर राख्न सक्ने भए पनि वर्षामा भने ५ महीनासम्म उत्पादित विद्युत् खपत नभए खेर फाल्नुपर्ने अवस्था रहेको उनको भनाइ छ । नेपालसँग जलाशययुक्त आयोजना नरहेकाले विद्युत्मा आत्मनिर्भर भए पनि र नभए पनि विद्युत् व्यापार आवश्यक रहेको उनको भनाइ छ । हरेक वर्ष १५ देखि २० प्रतिशत खपत बढेको पनि उनको भनाइ छ । भारतमा हरेक वर्ष ५/६ प्रतिशत माग बढ्छ भने नेपालमा यति धेरै वृद्धि हुनु धेरै राम्रो मानिने उनले बताए । पछिल्लो १ महीनामा १०० मेगावाटको लोड बढेको छ भन्दै उनले तर अर्को वर्षसम्म २/३ सय मेगावाट माग बढ्न सक्ने बताए । पेट्रोलियम पदार्थको प्रतिस्थापन होइन, वृद्धिदर रोक्न सके मात्रै पनि धेरै प्रगति हुने घिसिङले बताए । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपालका अध्यक्ष कृष्ण आचार्यले विद्युत् खपतमा नेपाल अलमलिएको भन्दै योजना बनाउनुपर्नेमा जोड दिए । ‘अहिले विद्युत्को युगमा हामीले डिजेलबाट चल्ने रेल ल्याएको भन्दै विद्यु्त खपत बढाउने दिशामा सरकार गम्भीर भएन,’ उनले भने ।

विज्ञलाई राजदूत बनाए आर्थिक कूटनीति सफल हुने: उपराष्ट्रपति

उपराष्ट्रपति नन्दबहादुर पुनले सम्बन्धित देशबारे राम्रो ज्ञान भएका व्यक्तिलाई राजदूत बनाएर पठाए विकसित र सम्पन्न मित्रराष्ट्रसँगको आर्थिक कूटनीति प्रभावकारी हुने बताएका छन्।...

भारतीय ‘कूटनीति’ का यी फरक अनुहारहरु

नेपालका लागि पूर्व भारतीय राजदूत रणजीत रे आफ्ना अनुभवबारे पुस्तक लेख्ने पहिलो भारतीय कुटनीतिज्ञ हैनन्। सन् ६४ बाट तीन वर्ष राजदूत बनेका श्रीमन नारायण, सन् ७० को दशकमा नेपालमा राजदूत रही पछि विदेश सचिव बनेका महाराजकृष्ण रसगोत्रा, सन् २००१ देखि २ वर्ष जति नेपालमा राजदूत रही विदेश सचिव बनेका श्याम सरणले रेपूर्व आफ्ना नेपाल प्रसंगसहित […]