राम्रो स्वास्थ्यका लागि स्वस्थ र सन्तुलित खानपान हुन अत्यावश्यक छ । तर यसका साथै कहिले र कति मात्रामा कुन खानेकुराको सेवन फाइदाजनक हुन्छ, त्यो पनि थाहा पाउन आवश्यक छ । सही समयमा उचित कुराको सेवनले शरीरलाई पर्याप्त पोषण दिन्छ र थुप्रै समस्याबाट पनि जोगाउँछ । कुरा जब स्वास्थ्यका लागि फाइदाजनक कुराको आउँछ तब मखनाको कुरा पनि आउने गर्छ । मखना स्वास्थ्यका लागि निकै फाइदाजनक मानिन्छ । मानिसहरू यसको सेवन व्रत बसेका बेला पनि गर्छन् । मखना शरीरका लागि फाइदाजनक विभिन्न पोषक तत्त्वले भरपुर हुन्छ । यसला