नेपाल भ्रमण वर्ष २०२० मा पर्यटकलाई आकर्षित गर्न सक्ने एउटा गन्तव्य मार्दी हिमाल पनि हो । कास्कीको धम्पुस, काँडे वा सिलिङबाट मार्दीको पदयात्रा सुरु गरिन्छ ।
बाटोमा हामीलाई स्थानीय भरियाहरूले उछिन्थे। खच्चड र घोडाहरूले मान्छे र भारी बोकेर उकालो लागेको देखिन्थ्यो। हामी त ब्रोइलर भइसकेछौं, एकछिन हिंड्यो कि थाकिहाल्ने, गलिहाल्ने!
साहसिक पर्यटनका लागि नेपाल विश्वकै उत्कृष्ट गन्तव्य मानिन्छ । कैयौं हिमाल र हिमालका घाँटीहरू पास गर्दै कठिन यात्रा गर्नुपर्ने उच्च हिमाली क्षेत्रमा रहेका पदयात्रा (ट्रेकिङ रूट) मार्ग छन् । ग्रेट हिमाल ट्रेल, शेर्पेनीकोल, टाशीलाप्चा पास, आमालाप्चा पास, मिङ्माला पास, मेराला पास, कालापत्थर, गोक्यो–री, रिन्जोला पास, चलोला पास, कञ्चनजंघा दक्षिण सेलेले पास, मिरिङला पास, कञ्चनजंघा उत्तर ल्होनाक, पाङ्पेमा बेस क्याम्प, कागमारा पास, अप्पर डोल्पा, शे–गुम्बा, धो–तराप पास, गणेश हिमाल, रुबी भ्याली, नार–फु, थोरोङपास, तिलिचो पास, मनास्लु पास, चुम भ्याली, धवलागिरि पास (धवलागिरि राउन्ड), गोसाइँकुण्ड पास, अप्पर मुस्ताङ, माछापुच्छे« तथा अन्नपूर्ण बेस क्याम्प, मार्दी हिमाल, अन्नपूर्ण धवलागिरि (एडी) सर्कट, अपी हिमाल, हुम्ला (लिमी) पास आदि प्रमुख पदयात्रा मार्ग हुन् । विश्वकै उच्च हिमाली क्षेत्रमा गरिने धेरै कम पदयात्रा मार्गमध्ये पर्ने शेर्पेनीकोल एक हो ।
पदयात्रीहरू शेर्पेनीकोल र वरुणत्चे–१ बीचको ६ हजार २०० मीटरको सेरोफेरोको यात्रामा खुबै सास्ती खेपिरहेका हुन्छन् ।
धेरै उचाइ र साह्रै कठिन यात्रा गर्नुपर्ने भएकाले यो पदमार्गमा धेरै कम विदेशी पर्यटक आउने गरेका छन् । यो रूटमा ट्रेकिङ गर्न कुनै बेला सुनसरी जिल्लाको धरान बजार, भेंडेटार, धनकुटा बजार, हिले, पाख्रीवास, ताङ्माया, तुम्लिङटार हुँदै पैदल यात्रा गर्नुपथ्र्यो । अहिले चाहिँ संखुवासभा जिल्लाको चिचिला–नुमसम्मै गाडी चल्ने गरेको छ । त्यहाँबाट पैदल यात्रा टाशी गाउँ, याङले खर्क, खोङमा–ला, मकालु बेस क्याम्प, वरुत्चे हिमालको बेस क्याम्प हुँदै शेर्पेनीकोल (६,१२५ मीटर) पास गरेर सोलुखुम्बु जिल्लाको मेरा–ला, खारे, ठाङना, हुँदै लुक्ला पुगेर पदयात्रा सकिन्छ ।
केही पदयात्रीहरूले चाहिँ मेरा–ला वा वरुत्चे हिमालबाट आम्फु लाप्चा पास हुँदै छुकुङ गाउँमा निक्लेर दिङबोचे, फेरिचे, पाङबोचे, तेङबोचे, नाम्चे बजार हुँदै लुक्ला बजारमा आएर आफ्नो २५/२६ दिनदेखि २९/३०/३१ दिनसम्मको पदयात्रा समाप्त गर्छन् ।
यो पदयात्रा मार्गमा विभिन्न उपमार्ग पनि छन् तापनि मानेभञ्ज्याङ, चिचिला, नुम, सेदुवा, टासिगाउँ, खोङ्मा डाँडा, नुम्बुक, याङ्ले खर्क, हिलारीबेस क्याम्प हुँदै शेर्पेनीकोल (६,१२५ मीटर) मा क्याम्प गर्नुपर्छ ।
यहाँ सीधा भिरालो छ । यहाँको बाटो हिउँ नै हिउँले ढाकेको हुन्छ, जहाँ नीलो जमेको ‘ब्लु आइस’को ढिक्काको बाटो क्रस गर्दै हिँडेर पास गर्नुपर्छ । ६,२०० मीटरको हाराहारीमा वरुणत्चे हिमालको क्याम्प–१ मा वास बस्नुपर्छ । यो मार्गमा टासीगाउँसम्म मान्छेको बसोवास छ । यहाँ २०–२५ घर शेर्पा छन् । त्यसपछिको प्राय: सबै क्याम्प खर्क–चउरमा गरिन्छ । हिलारी बेसक्याम्पदेखि हिउँमाथि हिँड्न शुरू गर्नुपर्छ । हिलारी बेस क्याम्प ४,२०० मीटर उचाइमा अवस्थित छ । त्यस्तै १ दिन पूरै नाक ठोक्किने उकालो बाटो हिँड्नुपर्छ । पदयात्रीहरू शेर्पेनीकोल र वरुणत्चे–१ बीचको ६,२०० मीटरको सेरोफेरोमा यात्रा गरिरहेका बेला खुबै सास्ती खेपिरहेका हुन्छन् । उच्च हिमाली भेगमा अक्सिजनको कमी हुन्छ । हिँड्दाहिँड्दै थकाइ लागेमा हिउँमाथि नै थचारिएर सास फेर्छन् ।
प्राय: सबै पदयात्री, स्टाफ तथा भरियाको हालत त्यस्तै हुन्छ तापनि भरियाको अवस्था बढी नै दयनीय हुन्छ । कतिपय भरिया उच्च हिमाली भेगमा अत्यधिक चिसोका कारण लाग्ने अस्थायी रोग (फोक्सो र दिमागमा पानी जम्ने ‘हेप’ र ‘हेस’) का कारण सिकिस्तै हुन्छन् भने कतिको त हिँड्दाहिँड्दै ज्यानै जान सक्ने खतरा हुन्छ ।
शेर्पेनीकोल पास गरेर वरुणत्चे बेस क्याम्प आउने दिन लगभग ५०० मीटरजति त डोरी मात्रै टाँग्नुपर्छ । मान्छे, खाना, पाल, पर्यटकको सरसामान भएको बेडिङलगायत सबै सरसामान डोरीबाटै पास गर्नुपर्छ । कति भरियाले भारी बोक्न नसकेर बाटो छाडेर हिँड्छन् । ज्यानभन्दा ठूलो होइन ती खानेकुरा र सरसामानहरू ! बाटामा कताकति हिउँले कठ्याङ्ग्रिएर र लेक लागेर मरेका मान्छेको लास पनि भेटिन्छ । ती लास प्राय: नेपालीका, त्यसमा पनि भरियाहरूको हुन्छ ।
दिउँसोको चर्को घाममा हिउँ टल्किएर आँखाले केही देखिँदैन । भारी बोक्ने मान्छेलाई पार लगाउँदाको हैरान होइन्छ । फेरि तल बस्नेले गलत संंकेत दियो भने दुर्घटना हुने सम्भावना बढी नै हुन्छ । त्यसैले यो पदयात्रा मार्गमा हत्तपत्त कुनै पनि विदेशी पदयात्रीहरूले पदयात्रा (ट्रेकिङ) गर्दैनन् । जजसले यो मार्गमा पदयात्रा गर्छन्, ती जुनसुकै देशका होऊन्, उनीहरू आफूलाई गौरवान्वित र भाग्यमानी भएको ठान्छन् । यहाँ पर्यटकले विश्वकै उच्च हिमाली भेगको पास एवम् खतरापूर्ण र साहसिक पदयात्रा गर्न सफल हुन्छन् ।
विगतमा आधुनिक सूचना र सञ्चारको अभाव र मानव बस्ती नभएका कारण बीच बाटोमा कथंकदाचित् विदेशी पर्यटक अथवा नेपाली स्टाफहरू बिरामी भइहालेमा उद्धारका लागि हेलिकोप्टर मगाउन हत्तपत्त सम्भव हुन्थेन । लेक लागेर बिरामी भएका मान्छेलाई बचाउन सके वा बिरामी बाँचेमा पनि सद्दे र तगडा मान्छेले सकी–नसकी बोकेरै उद्धार गरिन्थ्यो । केही गरी विदेशी पर्यटक मरेमा लासलाई बोकेरै सुगम ठाउँमा ल्याइन्थ्यो र हेलिकोप्टरले उद्धार गरेर काठमाडौं ल्याउँथ्यो । नेपालीहरू मरी हालेमा लास त्यतै छाडिन्थ्यो । त्यस्तो अनकन्टार र हिउँ नै हिउँको बाटोमा कोही बिरामी भइहालेमा बिरामीका साथमा ३–४ जना स्टाफ साथ लगाएर पठाउनुपर्ने हुन्थ्यो । बिरामी एक्लै फर्किन सम्भव नै हुँदैनथ्यो । बिरामीलाई एक्लै फर्काएमा बाटोमा मर्ने बाँच्ने केही ठेगान हुँदैनथ्यो, अझ त्यसरी एक्लै पठाउँदा धेरैजसो बिरामी मर्ने सम्भावना नै हुन्थ्यो ।
लेखक पर्यटनकर्मी हुन् ।
काठमाडौँ : मार्दी हिमाल । मनमोहक दृश्यालोकन गर्ने एउटा मनोरम क्षेत्र । अन्नपूर्ण सर्किट पदमार्गमध्येको एक विशेष रुट हो, मार्दी हिमाल । मार्दी हिमाल हेर्दै गर्दा धौलागिरी, माछापुच्छ्रे, मनास्लु लगायत हिमाल पनि देखिन्छन् ।
मार्दीको सुन्दरता नै हिमालबाट हिमालहरुको दृश्य हेर्नु हो । मार्दी जाँदा अनेक रुट र क्याम्प बस्न स…
काठमाडौँ : मार्दी हिमाल । मनमोहक दृश्यालोकन गर्ने एउटा मनोरम क्षेत्र । अन्नपूर्ण सर्किट पदमार्गमध्येको एक विशेष रुट हो, मार्दी हिमाल । मार्दी हिमाल हेर्दै गर्दा धौलागिरी, माछापुच्छ्रे, मनास्लु लगायत हिमाल पनि देखिन्छन् ।
मार्दीको सुन्दरता नै हिमालबाट हिमालहरुको दृश्य हेर्नु हो । मार्दी जाँदा अनेक रुट र क्याम्प बस्न स…
१० कात्तिक, काठमाडौं । विहानको ३ बज्नै लाग्दा जुरुक्क उठ्यो । अनि मार्दी भ्यू प्वाइन्टतिर खुट्टा लम्किन्छ । एक हातमा १५ लिटरको पानीको गिलेन अर्को हातमा चियाको पोको । पदयात्रीहरु मार्दी हिमालतिर लम्कदै गर्दा बिच बाटोमै उछिन्यो । पदयात्रीहरु भ्यू क्याम्प पुग्दा तातो चिया तयार भइसकेको हुन्छ । मार्दी हिमाल रुटको हाई क्याम्पमा बस्ने टंक […]
काठमाडौं । नेपालमा अहिले बाह्य पर्यटक नभए पनि आन्तरिक पर्यटन प्रवद्र्धन भने बढेको पाइएको छ ।
लामो समयसम्म कोरोनाको कहरका कारण बाहिर निस्कन नपाएका आन्तरिक पर्यटकको चहल पहल बढ्न थालेको छ ।
यसले गर्दा सुस्ताएको पर्यटन व्यवसायलाई पनि राहत मिलेको छ । करिब एक दशकअघि खुलेको मार्दी हिमाल बेस क्याम्प अर्थात् मार्दी...
पूर्वी क्षितिज सूर्योदयको समयमा सुनौलो हुँदै गर्दा उत्तरका हिमालहरूले ती सुनौला प्रकाशले आफूलाई पनि ढाक्दै थिए। अन्नपूर्ण दक्षिण (७२१९ मि), हिन्चुली (६४४१ मि), गङ्गापूर्ण (७४५५ मि), माछापुच्छ्रे (६९९३ मि) मार्दी हिमाल (५५८७ मि) लगायतका हिमाल र अन्य ससाना पहाडहरू उज्यालो भएका थिए। 'अपर भिउ पोइन्ट'बाट ती हिमालका दृश्यहरू निर्बाध रूपमा हेरिरहेका थियौँ जुन यो यात्राको आकर्षक क्षणहरू मध्ये एक थियो जसको वर्णन गर्न शब्दहरूले शायदै न्याय गर्न सक्दछन्।
स्वेच्छा राउत/पहिलोपोस्ट -
शनिबार साँझपख एउटा यस्तो खबर आयो, जसले टोखा नगरपालिका वडा नम्बर ५ की सदस्य कल्पना घिमिरेको घरका सबैको होसहवास हरायो।
यो परिवारकी एक्ली छोरी २१ वर्षकी दीपना उप्रेती मार्दी हिमाल ट्रेकिङ रुटको बाटोमा बेपत्ता भएकी थिइन्।
रात परिसकेकाले रेस्क्यु सम्भव थिएन। त्यसैले यो रात सबैभन्दा लामो रात