नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा २२.५४ अंकको गिरावट आएको छ । कारोबार खुलेको समयदेखि नै घट्न थालेको नेप्से १.१३ प्रतिशत घट्दै समग्र परिसूचक १९ सय ७२ अंकमा आइपुगेको छ । यससँगै, नेप्से परिसूचक १८ सय अंककोबिन्दुतर्फ लम्किएको छ ।यसैगरी, आज सेन्सेटिभ परिसूचक ४.३३ अंकले घटेर ३८४.६२ अंकमा आइपुगेको छ । यसक्रममा आज यो परिसूचक १.११ अंकले घटेको छ । नेप्से परिसूचकमा २२ अंकको गिरावट आएको दिन आज १ अर्ब १२ करोड ६२ लाख १७ हजार रुपैयाँ बराबरको २९ लाख ९२ हजार कित्ता सेयर किनबेच भएको छ ।आज नेप्सेमा कारोबार भएको सबै