नेपाल राष्ट्र बैंकले सम्पूर्ण यातायात समितिका बैंक खाता रोक्का गर्न बैंकहरुलाई निर्देशन जारी गरेको छ। अर्थ मन्त्रालयले पठाएको पत्रअनुसार बैंक तथा वित्तीय संस्थाहरुमा भएका यातायात समितिका खाताहरु रोक्का गरिएको राष्ट्र बैंकका प्रवक्ता नारायण पौडेलले जानकारी दिए। समितिका खाता रोक्का भइसकेपछि समितिका नाममा भएको रकम झिक्न मिल्दैन। यसले सम्पत्ति सुद्धीकरणका सम्वन्धमा हुने छानविन तथा अनुसन्धानलाई मद्दत…