नेपाल विद्युत् प्राधिकरणले विद्युतीय सवारी प्रवद्र्धन गर्ने उद्देश्यसहित आफैंले चार्जिङ स्टेसन स्थापना गर्ने भएको छ । पहिलो चरणमा काठमाडौंका १० स्थानमा साना सवारीको लागि चार्जिङ स्टेसन स्थापना गर्न प्रक्रिया अघि बढेको प्राधिकरणले जनाएको छ ।
प्राधिकरणले एक सूचना जारी गर्दै सहरका मुख्य भागहरुमा ठूला बस लगायतका सवारी पनि चार्ज गर्न सकिने स्टेसन निर्माणका लागि स्थान उपलब्ध गराउन व्यापारिक कम्प्लेक्स, सिनेमा हल, सुपर मार्केट, पार्क, विश्वविद्यालय, सरकारी निकाय, होटल, अस्पताललगायतलाई आग्रह गरेको छ ।