२३ जना विद्यार्थी ट्राफिक प्रहरीको कारबाहीमा

स्कुल-कलेजका विद्यार्थी सुरक्षा लक्षित चेकिङ अन्तरगत आज २३ जना विद्यार्थी चालकहरूलाई ट्राफिक प्रहरीले कारबाही गरेको छ । काठमाडौँ उपत्यकाका विभिन्न स्थानमा आज बिहान गरिएको चेकिङमा कागजपत्र साथमा नभएका २१ जना र  सवारी चालक अनुमति पत्र प्राप्त नगरेका २ जना गरी २३ जना विद्यार्थी चालक कारबाहीमा परेका हुन् ।त्यस्तै चेकिङको क्रममा ट्राफिक नियम उल्लङ्घन गर्ने अन्य २ सय ६४ ओटा सवारी साधनका चालक पनि कारबाहीमा परेका छन् । जसअन्तर्गत बिहानै मापसे गरी पर्यटक बोक्ने माईक्रोबस चलाउने चालक १ जना र मोट