चितवन । कयौँ पटकको राजनीतिक परिवर्तन र त्यसपछि बनेका सुकुम्वासी आयोगले लालपुर्जा नदिएर भूमिहीन बन्न पुगेका चितवनका सुकुम्वासीहरुले ३५ दिनमै लालपुर्जा पाउने भएका छन् । राष्ट्रिय भूमि आयोगले चितवनका तीन वटा स्थानीय तहमा लालपुर्जा दिने गरी काम सुरु गरेको हो । कुनै अवरोध नभए निवेदन दिएको ३५ दिनभित्र चितवनका सुकुम्वासीहरुले लालपुर्जा पाउने भएका छन् । […]