काठमाडौं । पूर्व रानी कोमल शाहको स्वास्थ्य अवस्थामा सुधार हुन थालेको छ । कोरोना संक्रमण भएपछि नर्भिक इन्टरनेशनल हस्पिटलमा उपचाररत शाहको स्वास्थ्यमा सुधार आएको अस्पतालले जनाएको हो ।कोरोना संक्रमण भई ९ दिनअघि अस्पताल भर्ना भएकी शाहलाई गत बिहीबारदेखि प्लाज्मा थेरापी विधिबाट उपचार थालिएको थियो । उनको हाल आइसीयुमै राखेर उपचार भइरहेको अस्पतालले जनाएको छ । अक्सिजनको हाइफ्लो सपोर्टमा उपचार जारी राखिए पनि स्वास्थ्य अवस्थामा क्रमिक रुपमा सुधार भइरहेको अस्पतालले जारी गरेको विज्ञप्तीमा उल्लेख छ ।