पृथ्वी राजमार्गका पुल जोखिममा

काठमाडौं, वैशाख २२ । पृथ्वी राजमार्गअन्तर्गत धादिङको धार्केस्थित गणेशखोला पुलको मुख (सडक र पुल जोडिएको ठाउँ)मा सोमबार जमिन भासियो। भासिएको ठाउँमा ग्याबिन जाली लगाएर १८ घण्टापछि मङ्गलबार दिउँसोदेखि एकतर्फी रूपमा यातायात सञ्चालन गरियो। बुधबार फेरि सो पुलको बीच (स्ल्याब)मा नै भ्वाङ परेर यातायात अवरुद्ध भयो। गणेशखोलाको पुलजस्तै सो राजमार्गको नागढुङ्गादेखि मुग्लिनसम्मका अधिकांश पुल त्यस्तै जोखिमयुक्त […]