नेपाल बार एसोसिएसनले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको राजीनामा माग गर्दै आइबारबाट धर्ना दिने भएको छ । नेपाल बारको केन्द्रीय कार्यसमिति बैठकले न्यायालय शुद्धिकरणका लागि प्रधानन्यायाधीश जबराले राजीनामा दिनुपर्ने निष्कर्षसहित आगामी बुधबारसम्म कालोपट्टि बाँधेर धर्ना दिने निर्णय गरेको बारकी उपाध्यक्ष रक्षा बस्यालले जानकारी दिइन् ।