रसुवामा ७० प्रतिशत घर बन्दै

रसुवामा करिब ७० प्रतिशत भूकम्पपीडितले घर निर्माण थालेका छन् । पहिलो किस्ता ५० हजार बुझेका १० हजार ४ सय ६१ लाभग्राहीमध्ये ७ हजार लाभग्राहीले निजी आवास पुनर्निर्माण थालेका हुन् । सरकारले आगामी असार मसान्तसम्ममा तेस्रो किस्ता लिइसक्नुपर्ने समयसीमा तोकेपछि जिल्लामा पुनर्निर्माणले गति लिएको हो।