प्रतिनिधि सभा बैठकमा एमालेको अवरोध

काठमाडौं, ८ फागुन । नेकपा एमालेले सदनमा अवरोध जारी राखेको छ । प्रतिनिधि सभा बैठक सुरु भएलगत्तै एमाले सांसदहरुले नारावाजी गरेर अवरोध गरेका छन् । तर, सभामुख अग्निप्रसाद सापकोटाले बैठक जारी राखेका छन् । उनले सुरुमै नेकपा माओवादी केन्द्रका प्रमुख सचेतक देवप्रसाद गुरुङलाई बोल्न दिए ।

सम्बन्धित सामग्री

आईतबारको प्रतिनिधि सभा बैठकमा पनि एमालेको अवरोध कायमै

काठमाडौं । प्रतिनिधिसभाको आइतबारको बैठकमा पनि प्रमुख प्रतिपक्षी दल नेकपा एमालले अवरोध जारी राखेको छ । आजको बैठक शुरु हुनासाथ एमाले सांसदहरूले नाराबाजी शुरु गरेका थिए । एमाले सांसदहरुले रोस्ट्रम अगाडि उभिएर नाराबाजी गरिरहेका छन् ।एमालेले नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालसहित १४ जना सांसदलाई गरेको कारवाही सभामुख अग्नीप्रसाद सापकोटा कार्यान्यवयन नगरेको भन्दै एमालेले गत […]

पहिलो बैठकमै एमालेको अवरोध, विरोधकाबीच अध्यादेश पेश

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको विरोधका बावजुद सरकारले प्रतिनिधि सभामा केही अध्यादेश पेश गरेको छ ।  मंगलवार शुरू भएको प्रतिनिधि सभा बैठकमा गृहमन्त्रीको तर्फबाट कानूनमन्त्री दीलेन्द्र बडूले तेजाव तथा अन्य घातक रासायनिक पदार्थ नियमन अध्यादेश २०७८ लगायत केही अध्यादेश पेश गरेका हुन् ।  यौन हिंसाविरुद्धका केही ऐनलाई संशोधन गर्ने अध्यादेश २०७८ लगायत ६ वटा अध्यादेश मंगलवार प्रतिनिधि सभामा पेश भएका छन् । एमालेको अवरोधपछि सभामुख अग्नि सापकोटाले प्रतिनिधि सभाको बैठक पुस ६ गते मंगलवारसम्मका लागि स्थगित गरेका छन् ।

प्रतिनिधिसभाको बैठकको सुरुमै एमालेको अवरोध र नाराबाजी

नेकपा एमालेका सांसदहरुले प्रतिनिधि सभा बैठकको सुरुमै बैठक अवरोध गरेका छन् । सभामुखको आसनअगाडि पुगेर उनीहरुले विभिन्न नारा लगाइरहेका छन् ।बिहिबार दिउँसो २ बजे सुरु भएको प्रतिनिधिसभाको बैठकमा उनीहरुले गैर सांसदलाई संसदमा प्रवेश निषेध गर, संवैधानिक सर्वोच्चता जिन्दावाद, संसदीय मर्यादा कायम गर जस्ता नारा लगाइरहेका छन् । सभामुख अग्निप्रसाद सापकोटाले संविधानको प्रावधान, प्रतिनिधिसभा नियमावलीमा भएको व्यवस्था स्मरण गराउँदै सभा सञ्चालन गर्न अनुरोध गरेपनि एमालेका सांसदले नाराबाजी गरिरहेका छन् ।

लामो अन्तरालपछि प्रतिनिधि सभा बस्दै, एमालेको अवरोध कायमै रहने

दशैं विदाका कारण लामो समय बस्न नसकेको प्रतिनिधि सभाको बैठक बिहीवार बस्दैछ । संसद भवन नयाँ बानेश्वरमा दिउसो २ बजेका लागि प्रतिनिधि सभाको बैठक राखिएको छ । आफूहरुले उठाएका माग सम्वोधन नभएको भन्दै नेकपा एमालेले आजपनि प्रतिनिधि सभा बैठकमा अवरोध गर्ने भएको छ । माधव नेपाल लगायत १४ सांसदलाई पदमुक्त गर्न दिएको निवेदनमाथि सभामुख अग्नि सापकोटाले कारबाही अगाडि नबढाएको भन्दै एमालेले डेढ महिना देखि संसदमा अवरोध गरिरहेको छ ।  सभामुख सापकोटाले दशैं पछि बस्ने बैठक सुचारु हुने बताएका थिए । तर यसबीचमा संसद ग...

१५ दिनका लागि स्थगित भयो प्रतिनिधि सभा बैठक

दशैं बिदाका कारण प्रतिनिधि सभा १५ दिनका लागि स्थगित भएको छ ।  प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको आवरोधका बाबजुत केही कार्यसूची पारित गरेर प्रतिनिधि सभा बैठक कात्तिक ९ गतेसम्मको लागि स्थगित भएको हो ।  भदौ २३ गते अधिवेशन शुरू भएदेखि नै प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले सदनमा अवरोध कायम राखेको छ । एमालेको अवरोध र नाराबाजीका बाबजुद प्रतिनिधि सभाबाट बजेट प्रतिस्थापन गर्न आएको विनियोजन विधेयक पारित भएको छ ।  माधव नेपाल लगायत १४ सांसदलाई पदमुक्त गर्न गरिएको सिफारिश सभामुखले कार्यान्वयन नगरेको भन्...

कहाँ पुगेर टुंगिएला संसदमा एमालेको अवरोध ?

गएको भदौ २३ गतेदेखि प्रतिनिधि सभा बैठकमा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको नाराबाजी चलिरहेको छ । भदौ २३ पछिका ९ दिनमा बसेका दर्जन बढी बैठकमा उस्तै दृष्य देखियो– एमाले सांसदले ‘संसदीय मर्यादा कायम गर’ भनेर नारा लगाउने र सभामुखले बैठक सञ्चालनका लागि सहयोग गर्नुस् भनेर आग्रह गर्ने । तर, एकले अर्काको कुरा सुन्दै नसुन्ने ।  अवरुद्ध संसद् सुचारु गर्न भनेर प्रधानमन्त्री शेरबहादुर देउवाले बिहीवार प्रतिनिधि सभामा प्रतिनिधित्व गर्ने सर्वदलीय बैठक आह्वान गरे । तर, प्रमुख प्रतिपक्षी दल नेकपा एमाले अनुपस्थित भ...

एमाले सांसदको नाराबाजीपछि प्रतिनिधि सभा बैठक १५ मिनेटका लागि स्थगित

प्रमुख प्रतिपक्षी नेकपा एमालेको अवरोध र नाराबाजी आज बसेको प्रतिनिधि सभा बैठक १५ मिनेटका लागि स्थगित भएको छ।